spot_img

बंगबन्धु कबडडी कप उपाधिको लागि नेपाल र बंगलादेश भिडने

केन्यालाई हराउँदै नेपाल फाइनलमा, वीरगंजका सागरको सर्वत्र चर्चा

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० जेठ । बंगलादेशमा जारी  बंगबन्धु कबडडी कप २०२४ को आज भएको सेमिफाइनलमा केन्यालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आइतवार बंगलादेशको राजधानी ढाकामा भएको बंगबन्धु कबडडी कपको दोस्रो सेमिफाइनलमा समूह बीको विजेता केन्यालाई हराउँदै नेपाल बंगबन्धु कबडडी कप–२०२४ को फाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समय ५०–५० को बराबरीमा समाप्त भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा नेपालले शारीरिक रूपमा बलियो केन्यामाथि ९–५ को जित निकाल्दै नेपाल उपाधिका लागि बंगलादेशसँगको भिडन्त पक्का गरेको हो । नेपाल पहिलोपटक बंगबन्धु कबडडीको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ४० मिनेटको अन्तिम समयसम्म नेपाल एक अङ्कले पछि थियो । तर, कप्तान घनश्याम रोका मगरले अन्तिम मिनेटमा बोनस प्वाइट निकाल्न सफल भएपछि खेल ५०–५० अङ्कमा बराबर भएको हो । टाइब्रेकरमा नेपालले नौ अङ्क जोड्दा केन्याले पाँच अङ्कमात्र जोडेपछि नेपाल ५९–५५ ले विजयी भएको हो । केन्या सन् २०२१ र २०२२ संस्करणको उपविजेतासमेत हो ।

नेपालका कप्तान रोकामगर खेलको ‘म्यान अफ दी म्याच’ चुनिए । घनश्याम नेपालले खेलेको ६ खेलमध्ये पाँचौँ खेलमा ‘म्यान अफ दी म्याच’ चुनिएका हुन् । बंगबन्धु कप कबडडीकै इतिहासमा टाइब्रेकरसम्म पुगेको यो पहिलो खेल समेत हो ।

वीरगंजका खेलाडी सागर यादव

बंगबन्धु कबडडी कप २०२४ मा वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा निवासी ज्ञानचन राउत अहिर (तुलसी) का १८ वर्षीय छोरा सागर यादव पनि सहभागी भएका छन् ।

सागरले शुरुमा मलेशियासंग, दोस्रो पोल्यान्डसंग, तेस्रो खेल दक्षिण कोरियासंग, पांचौं खेल बंगलादेश र आज छैटौं केन्यासंग खेलेको उनका दाजु शिवशंकर यादवले जानकारी गराएका छन् ।

Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर