वीरगंज
प्रो क्लब च्याम्पियनपिसप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगंको नारायणी क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले पर्सा क्लब–११ लाई एक सय रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जिती पहिले ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङम गरेको पर्साले भने ११ ओभरमै अलआउट हुदैं ४५ रनमात्र बनाउन सक्यो । पहिलो ब्याटिङ गरेको पुलिसका लागि करण केसीले अविजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए । अर्जुन साउदले पनि २६ रन बनाए । शंकर राणाले १९ रन जोडे । ओपनर दिलीप नाथले १७ रन बनाए । कप्तान आरिफ शेख १६ रनमा आउट भए । पर्साका बलर सफिउल्लाह अन्सारी र पवन सर्राफले दुर्ई–दुर्ई तथा रूपेश सिंह र रंजित कुमारले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको पर्साका लागि ओपनर अनिल शाहले मात्र दोहोरो अंकमा रन बनाउन सके । उनले १३ रन बनाएका थिए ।
पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । ललित राजवंशी र रासिद खानले दुर्ई–दुर्ई विकेट हात पारे । करण केसी र शेर मल्लले एक–एक विकेट लिए । चर्चित लेग–स्पिनर सन्दीप लामिछानेको कप्तानीमा पर्साको टोली फाइनलसम्म पुगेको थियो । तर, शनिवारको फाइनल खेल भने सन्दीपले खेलेका थिएनन् । बलात्कार कसुरमा शुक्रवार जिल्ला अदालत काठमाडौंबाट दोर्षी करार भएका कारण उनले फाइनल खेल नखेलेका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल ग¥यो । तेस्रो स्थानका लागि शनिवार नै खेलिएको खेलमा आर्मी क्लबले भारतको वन्डरर्स क्लब नोयडालाई ६ विकेटले हराउँदै तेस्रो स्थानमा हासिल गरेको हो । फाइनल खेलका उत्कृष्ट खेलाडी नेपाल पुलिसका करण केसी घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा नेपाल आर्मीका शहाब आलम घोषित भए । प्रतियोगिता विजेताले नगद रु ५ लाख र उपविजेता पर्सा ११ ले नगद रु ३ लाख ,ट्रफी,मेडल पाएको प्रतियोगिताको आयोजक क्यान पर्साका अध्यक्ष मनीष सिंहले जानकारी गराए ।म्यान अफ द सिरिजलाई नगद रु २५ हजार र म्यान अफ द म्याचलाई नगद रु ५ हजार पुरस्कार पाएको थियो ।
पर्सा ११ लाई हराउँदै पुलिसले उचाल्यो प्रो क्लबको उपाधी
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box