वीरगंज, २६ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा लागुऔषध चरेश तथा गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारा प्रहरीले विशेष जाँचको क्रममा २६ किलो लागुऔषध चरेश तथा गाँजा सहित २ जनालाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीले चितवन साविक मेघौली वडा नं. ६ हाल परिवर्तित भरतपुर महानगरपालिका वडा नम्बर. २७ का रोशन बहादुर दमई र चितवन माडी नगरपालिका–६ का वर्षीय देव नारायण महतोलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौडा–१५ स्थित रातोमाटे चेकपोष्टबाट बा. १४ च ३७०८ नम्बरको मारूती सुजुकी कार जाँच नगराई फरार भएको सूचना बारा प्रहरीलाई आएको थियो ।