spot_img

लायन्सको क्याबिनेट बैठक वीरगंजमा सम्पन्न

वीरगन्ज १७ ‌‌मंसिर।
लायन्स क्लब इन्टरनेशनल–३२५ एसको शनिवार वीरगंजमा जिल्ला क्याबिनेट बैठक सम्पन्न भएको छ ।

लायन्स क्लब इन्टरनेशनल–३२५ एस, एरिया–३ ले आयोजना गरेको बैठकको मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेश पटेलले उद्घाटन गरेका थिए ।

उनले लायन्स क्लबले सामाजिक सेवाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । मन्त्री पटेलले आफू वनमन्त्रीको पदभार सम्हालेदेखि चुरे क्षेत्रको संरक्षणमा लागिपरेको बताए । उनले चुरेको संरक्षण नभएमा मधेसको अस्तित्व नै समाप्त हुने भन्दै चुरेको संरक्षणमा कार्यक्रम ल्याउन सुझाए ।

उनले चुरेको संरक्षण नभए मधेस प्रदेशमा पानीको हाहाकार मचिने भन्दै यसको संरक्षणमा लायन्स क्लबका साथै सरोकारवाला सबैको ध्यान केन्द्रित हुुनुपर्नेमा जोड दिए ।

बैठकमा लायन्स क्लब इन्टरनेशनल–३२५ एससँग आबद्ध शाखाहरूले आआफ्नो तीन महीने कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लायन्सका रमेश अग्रवाल, अमरबहादुर श्रेष्ठ, तोसी डोल्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वासु तिमिल्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img