गौर
रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ । सो प्रदर्शनको मुख्य उद्देश्य जिहादी आतंकवाद विरुद्ध सचेतना फैलाउनु रहेको बताईएको छ । प्रदर्शनका क्रममा अभियानका कार्यकर्ताहरूले जिहादी आतंकवादविरुद्ध नारा लगाएका थिए । कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको प्रमुख वक्ताको रुपमा सहभागिता रहेको थियो । आफ्नो सम्बोधनमा उनले जिहादी आतंकवाद एउटा गम्भीर समस्या हो जसले देशको एकता र अखण्डतालाई खतरामा पारेको बताए । उनले सो समस्याविरुद्ध एकजुट भएर लड्नुपर्ने बताए । त्यस्तै, प्रदर्शनमा सहभागी सौरभानाथ महाराजले नेपाल निकट भबिस्य मै संघीय हिन्दु गणतन्त्र बन्ने दावी गरे । कार्यक्रममा अभियानका मधेश सम्पर्क समितीका संयोजक विनोद सिंह, रौतहटका जिल्ला समितिका संयोजक रामनिवास सिंह, रौतहट जिल्ला समितीका सचिव गुड्डु यादव, महिला संयोजक मिना देवी दास र महिला नेत्री शुशीला देवीलगायतको पनि सहभागिता रहेको थियो । अभियानले जिहादी आतंकवादको विरुद्ध कडा विरोध व्यक्त गर्दैआएको छ ।
रौतहटमा आतंकवाद विरुद्ध संचेतना कार्यक्रम
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box