विश्रामपुरको स्वास्थ्य शिविरमा १५५ जनाको आँखा र दन्त परिक्षण

पढ्न छुटाउनुभयो ?

बारा
बाराको बिश्रामपुर गाउँपालिकाको वडा नं. ५ ईटियाहीमा निःशुल्क आँखा एवं दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बारा डिस्टिलरीका संचालक अजय प्रजापतीको बिशेष पहलमा समुदायिक प्रहरी सेवा केन्द्र छपकैया र वीरगंज समुदायिक आँखा अस्पतालको आयोजनामा सम्पन्न उक्त शिविरमा ४ सय जनाको आँखा परिक्षण भएको वीरगंज सामुदायिक आँखा अस्पतालका नेत्र अधिकृत महेश धामीले बताए ।
शिविरमा १५० जनाले दन्त परिक्षण समेत गराएको धामीले बताए । शिविरमा ४ सय जनाको आँखा परिक्षण गरिएकोमा १२५ जना मोतियाविन्दुका रोगी पत्ता लागेका थियो । ईटियाही बजारमा सम्पन्न भएको शिविरको उद्घाटन संविधान सभा सदस्य एवं मधेशप्रदेशका पूर्व खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुवैर अंसारी, समुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मियाँ ठकुराइ पत्रकार ओमप्रकाश खनाललगायतको सहभागीता थियो । ।आँखामा मोतियाबिन्दुको समस्या देखिएकाहरुको बारा डिस्टीलरीका सञ्चालक प्रजापतीको बिशेष पहलमा निःशुल्क प्याथोलोजी चेक जाँचसहित निःशुल्क शल्यक्रिया गराइने बताइएको छ ।

Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर