सेढवा
पर्सा,जगरनाथपुर गाउँपालिकामा जारी दोस्रो अध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी वडा नं ५ ले जितेको छ । मसिहानीस्थित खेलमैदानमा सम्पन्न खेलमा वडा नं ५ ले ३ विकेटले जित निकाल्दै प्रतियोगिताको उपाधी जितेको हो । वडा नं ६ लाई पराजित गर्दै वडा नं ५ विजयी भएको हो । विजेता भएसंगै विजेताले ६० हजार नगद पनि प्राप्त गरेको छ । निर्धारित २० ओभरको खेलमा प्रथम पारीमा वडा नं ६ ले १८ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियो । ८० रनको लक्ष्य लिई जवाफी ब्याटिङ गरेको वडा नं ५ ले ११ बल बाँकी रहदै ७७ रन जोडेको थियो । खेलको १९ औं ओभरको पहिलो बलमा रन आउट माग गरिएको तर अम्पायरले नदिदाँ वडा नं ६ का खेलाडीहरुले खेलमैदान छोडेर भागेका थिए ।वडा नं ५ को खेलाडीले ७ विकेटको क्षतिमा ७७ रन बनाइसकेको र विपक्षी टिम मैदान बहिस्कार गरी अनुसाशनहीन काम गरेको भन्दै आयोजकको निर्णायक टोलीले अन्त्यमा वडा नं ५ को टिमलाई विजेता घोषित गरेको थियो । विजेतालाई ट्रफी र नगद हस्तनान्तरण गरिएको थियो । गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रैस पर्साका सभापति एवं प्रदेश सांसद जनार्दनसिंह क्षेत्रीले विजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।
जगरनाथपुर अध्यक्ष कपको उपाधी वडा नं ५ लाई
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box