spot_img
spot_img

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम ८ मंसिर । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।
दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर