spot_img

मधेशमा छठको उल्लासःदुलहीझै सजाइदै छठघाटहरु

वीरगंज
तराईमा गोबर्धन पुजापछि छठको रौनक शुरु हुन्छ । अहिले गाउँघरमा छठपर्वका गीत गुन्जिरहेको छ । छठपर्व नजिकिँदै गएपछि वीरगंजको विभिन्न नदि,पोखरी,तलाउलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ । वीरगंजको रानीघाट,नगवा छपकैया,घडिअर्वा पोखरी लगायतको जलाशयहरुलाई सरसफाई गर्ने एवं सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेको सख््यामा वृद्धि भइरहेकाले छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड बढेको देखिएको छ ।

विगतभन्दा यसवर्ष छठपर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको वीरगंज–१२ मुर्लीका राजकिशोर गुप्ता बताउँछन् । यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ दिने भए तापनि यसको मुख्य विधि तीन दिन अगावैदेखि शुरु भएको छ । छठको पहिलो दिनलाई नहायखायको दिन भनिन्छ । शुक्रवार व्रतालुहरुले नहायखायको विधि गरेका छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपवास बस्ने गर्छन ्।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्।
यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको जानकारहरु बताउँछन् । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img