spot_img
spot_img

विश्वकप फाइनल फिभरः हवाई र होटल भाडा अचाक्ली बढाइयो

पढ्न छुटाउनुभयो ?

काठमाडौं
भारतमा जारी एकदिवसीय विश्‍वकपको फाइनल खेलमा आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन्। फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा १ बजे सुरु हुने तालिका छ।बहुप्रतिक्षित फाइनल खेलअघि हवाइ भाडामा तीव्र वृद्धि भएको छ। शनिबारका लागि बेङ्ग्लुरुबाट अहमदाबाद पुगेको एकतर्फी भाडा नै ५२ हजार ८ सय रुपैयाँ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ।
सामान्य अवस्थामा यो ९ हजार १ सय २० रुपैयाँ हुने गरेको छ। त्यस्तै अन्य स्थानबाट अहमदाबाद जाने हवाइभाडा पनि कम्तिमा ३÷४ गुणा बढेको बताइएको छ।त्यस्तै, अहमदाबादको होटलहरुको शुल्क पनि ह्वात्तै बढेको छ। त्यहाँको सामान्य होटलमा १६ हजार देखि डिलक्स होटलमा १ लाख ६० हजार रुपैयाँसम्म पुगेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।यसअघि भारत र पाकिस्तानबीचको खेलको समयमा पनि होटको भाडा यसरी नै वृद्धि भएको समाचार बाहिर आएका थिए।
बिजमान्डूबाट सभार

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर