spot_img

spot_img

मंसिर ५ गते ओली पोखरीया आउँदै,हरिनारायण एमाले प्रवेश गर्ने

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साको क्षेत्र नं ३ बाट ०७४ को प्रतिनिधि सभामा तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीबाट निर्वाचित पूर्व सांसद हरिनारायण रौनीयार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन । नेकपा एमाले पर्साले शुक्रवार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । रौनीायर संगै अन्य पनि नेकपा एमालेमा प्रवेश गर्ने तयारी भएको एमाले पर्साले जनाएको छ । पार्टीले पर्साको पोखरीया नगरपालिकामा यही मंसिर ५ गते मंगलबारका दिन बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको अयोजना नै गरेको छ ।
उक्त कार्यक्रममा पार्टीका अध्यक्ष के.पी.ओलीले पार्टी प्रवेश गराउने तथा समसामयीक राजनीतिका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पर्सा इन्जार्ज अच्यूत मैनालीले जानकारी दिए । ५ गतेको कार्यक्रममा पर्साका २५ हजार जनताको सहभागिता रहने नेकपा एमालेले जनाएको छ । एमाले पर्साले पोखरियाको कार्यक्रममा सहभागि हुनकालागि आमपर्सावासीमा अनुरोध गरेको छ ।
नेकपा एमाले बर्तमान परिवेशमा के सोचिरहेको छ ? उसका धारणाहरु के हुन राष्ट्रीय राजनीतिका सन्र्दभमा एमालेको अडान के हो ? बिकास निर्माणका सन्र्दभमा नेकपा एमालेको भनाई के छ भन्ने कुरा बुझ्न सहज हुने भएकोले आम नागरिकलाई सभामा सहभागी हुन नेकपा एमालेले अपिल गरेको हो । कार्यक्रममा पर्सा जिल्लाका नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा, लोसपा पार्टीका केन्द्रीय तहका नेताहरुलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने नेता मैनालीले जानकारी दिए ।
प्रवेश गर्नेमा जसपा पार्टीका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारको नाम तय भइसकेको पोलीटब्यूरो सदस्य सुमन प्याकुरेलले जानकारी दिए । प्रवेश गर्ने बाँकी नेताहरुको नाम भन्ने गोप्य राखिएको छ । पार्टीका जिल्ला संयोजक डाक्टर विशम्बर शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुले हरि नारायण रौनीयारको ब्यवसायीक कारोवार , मुद्दा र उनको सार्वजनीक छवीका बारेमा प्रश्न गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रभु हजरा, मधेश प्रदेश कमिटी सदस्य शम्भु गुप्ता , पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने नेता तेजप्रकाश निषाद , अकलेश साहलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका थिए ।

Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर