करोडको समानसहित चार वटा ट्रक नियन्त्रणमा

पढ्न छुटाउनुभयो ?

वीरगंज
बारा प्रहरीले अवैध सामग्रीसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जको संयुक्त टोलीले जिल्लाको जितपुरसिमाबाट बिल विजक भन्दा बढी सामग्रीसहित चार वटा भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।
बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जितपुरसिमरा उपमहानगरपालिका –२१ स्थित अमलेखगञ्जबाट पीबी १३ बीडी ९१८८, एचआर ४५ सी ९६८०, डब्लुबी २३ सी२८७३ र डब्लुबी ०३ डी २५१६ नम्बरको ट्रकबाट बिल विजकभन्दा बढी हार्डवेयर सामग्रीहरू बरामद गरेको बताए । ट्रकबाट डिएसपी न्यौपानेका अनुसार ट्रकबाट बरामद सामग्रीको अनुमानित मूल्य १ करोड ६४ लाख ४८ हजार ५ सय ८ रुपैयाँ रहेको छ । प्रहरीले चार वटै ट्रक र बरामद सामग्रीलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको उनले बताए ।

Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर