spot_img
spot_img

निचुटाले जित्यो परासवा गोल्डकपको उपाधी

पढ्न छुटाउनुभयो ?

वीरगंज
औ परसवा गोल्डकपको उपाधि निचुटा क्लबले जितेको छ । जिराभवानी गाउपालिका वडा नं ३ मा आयोजित सो फूटवल प्रतियोगिताको फाइनल खेलमा निचुटाले भारत,बिहारको जयहिन्द एभरेष्ट क्लब इनर्वालाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । शुरुदेखि नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा कुनै टिमले गोल गर्न सकेनन् । दोस्रो हाफको २६ औ मिनेटमा निचुटाका जर्सी नं १० बिबेक चौधरीले निर्णायक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच निचुटाका खेलाडी सागर चौधरी घोषित भए ।
पुरस्कार वितरण समारोहमा जिराभवानीका गापाका अध्यक्ष अनोज चौधरीले प्रतियोगिता बिजेतालाई नगद रु ३ लाख २५ हजारको चेक,ट्रर्फी र मेडल निचुटा यूथ क्लबलाई प्रदान गरे । त्यस्तै प्रतियोगिता उपबिजेता टिम जय हिन्द एभरेष्ट क्लब इनर्वा भारतलाई नगद रु १ लाख पचास हजारसहित ट्रर्फी र मेडल प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी जय हिन्द एभरेष्ट क्लब इनर्वाका जर्सी नं १० का लियो घोषित भए । लियोलाई चान्दीको बल प्रदान गरियो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट स्कोरर निचुटाका जर्सी नं ७ का सागर चौधरी घोषित भए । चौधरीलाई चान्दीको बुट प्राप्त गरे । आयोजक न्यू एभरेष्ट क्लब परसवा द्वारा आयोजित सातौं औ परसवा गोल्डकपको पुरस्कार बितरण समारोह क्लबका अध्यक्ष उमाकान्त चौधरी अध्यक्षतामा भएको थियभो भने पटेर्वासुगौली गापा अध्यक्ष दिनेश कुमार चौधरी, जगरनाथपुर गापा अध्यक्ष श्रीकान्त यादव, सखुवाप्रसौनी गापा अध्यक्ष यशवन्त यादव, गापा उपाध्यक्षहरु रेखा चौधरी, ममता महतो, शर्मिला बिष्ट महतो लगायतको सहभागिता थियो । प्रतियोगिताको फाइनल खेल हेर्न ग्रामिण र थरुवान भेगसंगै भारत बिहारका हजारौ दर्शकहरुको सहभागिता थियो ।

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ । नेपाल राष्ट्र...
- Advertisement -spot_img

सम्बन्धित खबर