spot_img

पुलिसले उचाल्यो वीरगंज गोल्डकपको उपाधी

वीरगंज
प्रथम वीरगंज गोल्डकपको उपाधी नेपाल पुलिस क्लबले उचालेको छ । वीरगंजको आदर्शनगर रंगशालामा आयोजित आजको फाइनल खेलमा ट्राईब्रेकरमा २–० गोलले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । उपाधीसंग पुलिसले नगद रु ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पु्रस्कार पायो भने उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पायो
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम नतिजा ट्राईब्रेकरबाट निकालिएको हो । ट्राईब्रेकरमा आर्मीका चारै जना स्ट्राइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गयो । ट्राईब्रेकरमा पुलिसका लागि कप्तान राम वजु र बुद्ध तमांगले गोल गरे भने उज्वल राईको पेनाल्टी सुट आर्मीका गोल रक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए । ट्राईब्रेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोष्टको सेकेण्ड बार बाहिर गयो भने बिमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक सत्रुधन चौधरीले रोकि दिएका थिए । जितेन्द्र कार्कीको प्रहार भने गोलपोष्टको बारमा लागेर फर्किएको थियो ।
यसअघि निर्धारित समयको खेलमा भने आर्मीमाथि पुलिसका खेलाडी तुलनात्मक रुपमा हाबी भएपनि गोल गर्न भने असफल भएका थिए । खेलको ३६ औं मिनेटमा पुलिसका उज्वल राईले पुलिसको डिबक्स छेउबाटै गरेको प्रहार पोलको नजिकैबाट बाहिर गएको थियो । खेलको ४० औं मिनेटमा फेरि उज्वलले नै डिबक्सभित्रबाट गरेको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर गोल हुनबाट जोगाएका थिए । खेलको ५५ मिनेटमापनि पुलिसले गोल गर्ने अवसर गुमाउन पुगेको थियो । प्रताप गुरुंगले पास गरेर दिएको बल विवेक सन्तोषीले आर्मीका गोलरक्षक विकेशलाई छल्दै अगाडि बढाइसकेको भएपनि आर्मीका रक्षापंक्तीले त्यसलाई क्लीयर गरिदिएका थिए ।
६९ औं मिनेटमा भने आर्मीलेपनि गोल गर्ने अवसर पाएपनि खेर फालेको थियो । सन्तोष केसीले गरेको प्रहारमा आशीक बाबु चौधरीले गरेको हेड पुलिसको बारमाथिबाट बाहिरिन पुगेको थियो । फाइनल खेलमा ट्राईब्रेकरमा आर्मीका लगातार तीनवटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक सुत्रुधन चौधरी फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुंग घोषित भए । उनले नगद ५० हजार रुपैयाँपनि प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै सत्रुधन चौधरी ,उत्कृष्ट मिडफिल्डर पुलिसकै उज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भए । उनिहरुलाई जनही २०÷२० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट कोच पुलिसका चेतन घिमिरे घोषित भए । उनलेपनि नगद २० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपाधि विजेता टिमलाई ट्रर्फी र मेडल प्रदान गरेको थिए भने वीरगंज महानगरका उपमेयर इम्तियाज आलमले उपविजेता टिमलाई ट्रफी र मेडल प्रदान गरे ।
त्यसअवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,पर्साका प्रहरी उपरक्षिक कोमल शाहलगायतको पनि उपस्थिती थियो । वीरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा भेट्रान्स सिटी क्लब वीरगंजले कात्र्तिक १८ देखि २५ गतेसम्म आयोजना गरेको प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

प्रहरी उपरीक्षक ढुंगेलले कार्यभार सम्हाले

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img