वीरगंज बाराको कलैयामा गत सोमबार गोली हानी हत्या गरिएका रुपेश सर्राफका परिवारजनले प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गरेको आरोप लगाएका छन् । प्रहरीले हत्यामा संलग्न मध्येका पाँच जनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेलगत्तै मृतक रुपेशका दुई दाजुले पत्रकारहरुसंग कुरा गर्दै प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका हुन् ।
प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले पाँच अभियुक्तलाई सार्वजनिक गर्दै युवतीसंगको प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको जानकारी गराएका थिए । तर पत्रकारहरुसंगको कुराकानीमा मृतक रुपेशका दाजु सुबोध सर्राफले युवतीसंगको प्रेम सम्बन्धका कारण भाई रुपेशको हत्या भएको भन्ने प्रहरीको दाबी झुठो रहेको जिकिर गरे । उनले पक्राउ परेकी राधा गुप्तासंग आफनो भाई रुपेशको कुनै प्रेम सम्बन्ध नरहेको दाबीपनि गरे । प्रहरीले भनेजस्तो रुपेशको चरित्र नभएको उनले बताए । सुबोधले भने,‘ प्रहरीको अनुसन्धान प्रति हामीलाई चित्त नै बुझेको छैन । मेरो भाई (मृतक रुपेश) को चरित्र बारे औंला उठाउने कुनै ठाँउ नै छैन । प्रहरीले अनुसन्धानमा झारा टार्न मृतक रुपेश र आफनो परिवारको चरित्र हत्या गरेको गुनासो उनले गरे । रुपेशलाई गोली हान्ने अपराधी चार जना मध्ये अहिलेसम्म एक जनालाइ पनि पक्राउ गर्न नसकेको प्रहरीले आफनो कमजोरी ढाकछोप गर्ने प्रयास गरिरहेको सुबोधले बताए । बाल एकता बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक समेत रहेका सुबोधले प्रहरीले पक्राउ गरेका मध्ये दुई जना युवक निर्दोष रहेको र प्रहरीले झुठो आरोपमा फसाएकोपनि बताए । उनले भने,‘ मेरो स्कुलका दुई जना स्टाफ निर्दोष छन् । उनिहरुलाई यातना दिएर लिएको बयान गलत छ । हत्याको मुख्य योजनाकार भनेर प्रहरीले सार्वजनिक गरेको कलैया ६ की २२ वर्षिया राधा गुप्ता आफनो स्कुलमा ७ महिनापहिले लेखापालमा कार्यरत रहदाँ उनको गलत गतिविधी देखिएपछि स्कुलबाट निकालिदिएको सुबोधले बताए । त्यसयता रुपेशसंगको उनको कुनै सम्बन्ध नै नरहेको दाबी उनले गरे ।
पक्राउ परेका निर्दाेष आफना दुई कर्मचारीलाई रिहा नगरे र गोली हान्ने अपराधीलाई पक्राउ नगरिए आफुहरु प्रहरीविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनीपनि उनले दिए ।
यसअघि बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सुरेश काफलेले रुपेशको हत्या राधा गुप्तासंगको प्रेम सम्बन्धका कारण भएको भन्दै हत्यामा संलग्न राधासहित पाँच जनालाई सार्वजनिक गरेको थियो ।

Facebook Comments Box