वीरगंज, १० कात्तिक ।
वीरगंजस्थित दुवै भन्सार कार्यालयले फेरि राजश्व संकलनको लक्ष्य भेट्याउन असफल भएका छन् । देशको कूल आयात–निर्यातको झण्डै ७० प्रतिशत कारोबार हुने वीरगंज नाकामा वीरगंज भन्सार एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले राजस्व लक्ष्य नभेटाएका हुन् । चालु आर्थिक वर्षको सुरुवाती दुई महिना साउन र भदौमा राजस्व लक्ष्य अनुसारको संकलन नभए पनि पछिल्लो असोजमा चाडबाडमा आयात बढने र राजस्व लक्ष्य पुग्ने प्रक्षेपण गरिएको थियो । तर त्यसो नभएको भन्सार अधिकारीहरुले बताएका छन् ।
असोज सम्म अर्थात चालु आवको प्रथम त्रैमासिक सम्म यी दुवै भन्सार कार्यालयले राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल भएका हुन् । राजस्व विभागले वीरगंज भन्सारलाई गत असोज महिनामा २१ अर्ब ८४ करोड १९ लाख ५० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा लक्ष्यको ६४ दशमलव ३५ प्रतिशतमात्र अर्थात् १४ अर्ब २७ करोड ४४ लाख २१ हजार रुपैयाँमात्र राजस्व उठाएको छ । त्यसैगरी, चालु आर्थिक वर्षमा साउनदेखि असोजसम्म तीन महिनामा विभागले ५६ अर्ब ८४ करोड ६३ लाख ९२ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा वीरगंज भन्सार कार्यालयले लक्ष्यको ६८ दशमलव ३५ प्रतिशतमात्र अर्थात् ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार रुपैयाँमात्र राजस्व संकलन भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।
वीरगंज भन्सार कार्यालयले गत भदौ र साउन महिनामापनि राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेको थिएन । वीरगंज भन्सार कार्यालयले गत भदौंमा लक्ष्यको ६५ दशमलव ५९ प्रतिशतमात्र र गत साउनमा पनि लक्ष्यको ७५ दशमलव ९६ प्रतिशतमात्र राजश्व संकलन गर्न सकेको थियो । वीरगज भन्सार कार्यालयमा राजस्व बढी उठ्ने वस्तुमा नयाँ सवारी साधन , इन्धन, ओैधोगिक कच्चा पदार्थ इत्यादि हुन् । तर साउनदेखि नै ती यी वस्तुको आयात नै कम भईरहेकाले राजस्व संकलनमा असर परेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत बरुवालको भनाई छ ।
यसैवीच,सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयपनि गत असोजमा राजश्व संकलनको लक्ष्य भेट्याउन असफल भएको छ । राजश्व विभागले गत असोज महिनामा रु ५ अर्ब ३९ करोड १० लाख ९९ हजार राजस्व असुलीको लक्ष्य पाएकोमा लक्ष्यको ७४ दशमलव ५२ प्रतिशतमात्र अर्थात् रु ४ अर्ब ४६ करोड ४१ लाख ७३ हजार मात्र राजस्व संकलन गरेको छ । त्यसैगरी,राजस्व विभागले सुक्खा बन्दरगाह भन्सारलाई चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनामा रु १५ अर्ब ६० करोड ९८ लाख २५ हजार लक्ष्य दिएकोमा सुक्खा बन्दरगाह भन्सारले उक्त तीन महिनामा लक्ष्यको ८४ दशमलव ०३ प्रतिशतमात्र अर्थात रु १३ अर्ब ११ करोड ६२ लाख ३३ हजार राजस्व संकलन गरेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत सुशील शर्माले जानकारी दिए ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत भदौं महिनामापनि लक्ष्य भन्दा करिब १५ प्रतिशत कम अर्थात लक्ष्यको ८५ दशमलव १५ प्रतिशतमात्र राजस्व संकलन गरेको थियो । गत असोज महिनामा भने पाँच दिनसम्म मुआब्जा पिडित जग्गाधनीहरुले भन्सारको गेटमै धर्ना दिएका कारण पाँच दिन भन्सार कार्यालयको सेवा ठप्प भएकाले त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा पर्न गई लक्ष्य भन्दा कम राजस्व उठेको शर्माले बताए । सुख्खा बन्दरगाह र आईसिपी बिचको ६२ बिघा जग्गा सरकारले ७ वर्षदेखि अधिग्रहण गरेर रोक्का गरेको तर मुआब्जा भने नदिएको भन्दै जग्गाधनीहरुले असोज १४ देखि १८ गतेसम्म सुख्खा बन्दरगाह भन्सारको मूलगेटमै पाँचदिन सम्म धर्नामा बसेर प्रदर्शन गरेका थिए ।

Facebook Comments Box