प्रसौनी गाउँपालिकामा करार शिक्षकलाई नियुक्तिपत्र हस्तान्तरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० कात्तिक/
बारा, प्रसौनी गाउँपालिकामा ३३ जना शिक्षकलाई स्वयंसेवक करार शिक्षकको रुपमा नियुक्त गरी नियुक्ति पत्र प्रदान गरिएको छ ।
गापामा आज आयोजित एक समारोहबीच नियुक्तिपत्र हस्तान्तरण गरिएको हो । ११ जना पुरुष र २२ जना महिला गरी ३३ जनालाई शिक्ष्Fक छनोट समितिको विभिन्न चरणबाट उत्तीर्ण भएका शिक्षकहरुलाई छनोट गरी करार शिक्ष्Fकको रुपमा नियुक्त गरिएको गापाले जनाएको छ ।
कार्यक्रममा बोल्दै गापा अध्यक्ष विनोद जैसवालले विद्यार्थी अनुपातको तुलनामा शिक्षक दरबन्दी कम भएको भन्दै त्यसको व्यवस्थापन मिलाउन आन्तरिक स्रोतबाट बजेट विनियोजन गरिएको थियो ।
गापा उपाध्यक्ष किरणदेवी साहको प्रमुख आतिथ्यता एवं गापा शिक्ष्Fक ललिन्द्र पटेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडा नं २ का अध्यक्ष हृदयनारायण साह तेली, ५ का अध्यक्ष सन्तोषकुमार साह, शिक्ष्Fा प्रमुख सन्तोष रौनियार, स्वास्थ्य शाखा प्रमुख सुरेश साह, शिक्ष्Fक छनोट समितिका सदस्य बिन्दाप्रसाद जैसवाल, शिक्ष्Fा समिति सदस्य पवन सिंहलगायतको सहभागिता थियो ।
सो पालिकामा छवटा मावि र छ वटा आधारभूत गरी कुल १२ वटा सामुदायिक विद्यालय छन् भने दुईवटा माविमा कक्ष्Fा १२ सम्म अध्यापन हुने गरेको छ ।
Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर