spot_img

बैंक, वित्तीय संस्था, सहकारीको चर्को ब्याजविरुद्ध वीरगंजमा प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० कात्तिक/
राष्ट्रिय धर्म संस्कृति नागरिक बचाउ महाअभियानले वीरगंजमा विरोध प्रदर्शन गरेका छन् । हजारौं महिलाहरु सहभागी रहेको नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाइले नेतृत्व गरेको महाअभियानमा महिलाहरुले बैंक, लघुवित्त, सहकारी संस्थाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
मंसिर ७ गतेदेखि काठमाडौंमा हुने अनिश्चितकालीन धर्ना तथा विरोधसभाको तयारीको लागि आज वीरगंजमा विरोधसभा निकालिएको थियो । विरोधसभामा बलराम पासवान, चन्द्र चौधरी, भगवान साह, तुलसी राम, राजेन्द्रबहादुर दमाइलगायतले मन्तव्य राख्दै बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीको चर्को ब्याजको कारण धेरै नेपालीको उठीवास भएको बताए । उनीहरुले लिलाम भएको घरजग्गा फिर्ता हुनुपर्ने माग गरेका थिए ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

काठमाडौँ, २६ मङ्सिरः (रासस) नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img