spot_img
spot_img

चोरीको मोटरसाइकल काठ तस्करीमा प्रयोग

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक/
पटेर्वासुगौली गाउँपालिका–५ देवरियाचोकबाट कात्तिक २ गते बिहान चोरी भएको मोटरसाइकलबाट काठ तस्करी भएको बताइन्छ ।
चोरी भएको ना ३७ प १८४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलबाट काठ तस्करहरुले नम्बर प्लेट बदलेर ना.४६ प ३८९७ नम्बर लगाएर काठ तस्करी गरिएको सबडिभिजन वन कार्यालय रङपुरटाँडीका वन कर्मचारीले बताए ।
कात्तिक ४ गते राति ८ बजे पटेर्वासुगौली गापा–२ बैजनाथपुरबाट बरामद भएको चोरीको मोटरसाइकलमा डेढ क्युफिट काठ बरामद भएको थियो । तस्कर भने वन सुरक्ष्Fाकर्मीलाई देखेपछि फरार भएको रङ्गपुरटाँडी वन कार्यालयले जनाएको छ । काठ तस्कर पटेर्वासुगौली गापा–१ महेन्द्रपुरका रहेको वन कर्मचारीले अनुमान गरेका छन् ।
यस विषयमा रेन्जर कपिलदेव यादवले काठ तस्कर पक्राउ परेमा उनीमाथि काठ तस्करी र मोटरसाइकल चोरीको मुद्दा चल्ने बताएका छन् ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर