spot_img
spot_img

मालपोत बाराका प्रमुख गिरीले जागीर लगाईदिने भन्दै पैसा असुली गरेको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ कात्तिक ।
भुमि सुधार तथा मालपोत कार्यालय कलैया बाराका प्रमुख मालपोत अधिकृत राजेश गिरीले जागीर लगाईदिने भन्दै पैसा असुली गरेको पिडितहरुले आरोप लगाएका छन ।
कार्यालय सहयोगी पद दरबन्दी रिक्त रहेको हुनाले दुई जनासँग जनही एक लाख र ५० हजार रकम लिएर पनि नियुक्त नगरेको पिडितहरुको आरोप छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने गुरु प्रसाद चौधरीको छोरा ४० वर्षीय अरुण कुमार चौधरीले कार्यालय सहयोगी पदमा नियुक्ति पाउन प्रमुख अधिकृत गिरीलाई रकम दिएको बताएका छन ।
कार्यालय प्रमुख गिरीको कार्यकक्षमा पिडितहरुले विहीवार पत्रकार सम्मेलन गरि तोक आदेश लगाएको निवेदन,टिप्पणी आदेश र सेवा करार सम्झौतापत्र सार्वजनिक गर्दै यस्तो आरोप लागएका हुन ।
कलैया स्थित पन्नाबागमा कार्यालय प्रमुख बस्ने क्वाटरमा प्रमुख गिरीलाई गत साउन १६ गते रकम र निवेदन दिएको उनले आरोप लगाएका छन्।
कार्यालय प्रमुख उक्त दिन पैसा र निवेदन लिई भोलि भेट्न आदेश दिएकोमा साउन १७ गते क्वाटरमा भेट्न जाँदा तोक आदेश लगाएको निवेदन,नियुक्तिको लागि टिप्पणी आदेश र सेवा करार सम्झौता पत्रमा सहि छाप गराई त्यसको फोटोकपी दिदै बाँकि रहेको ५० हजार लिएर आउनु र आफ्नो नियुक्ति पत्र लिएर जानु कार्यालय प्रमुख गिरीले चौधरीलाई भनेका थिए ।
साथै चौधरीले एक लाख ५० हजारमा कार्यालय सहयोगी पदमा सेटिङ मिलेको थियो भने निवेदनको दर्ता नम्बर ११३० रहेको र क्वाटरमा दुई पल्ट गरि एक लाख रुपैया प्रमुख गिरीलाई दिएको उनीहरुले पत्रकार सम्मेलनमा बताए ।चौधरीले पाएको सेवा करार सम्झौतापत्र र टिप्पणी आदेशपत्र साउन १७ गतेको रहेको छ ।
त्यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर ९ बस्ने रामकुमार यादवले पनि कार्यालय सहयोगी पदमा नियुक्ति गरीदिन कार्यालय प्रमुख गिरीलाई ७५ हजार रुपैया सहित निवेदन दिएको बताएका छन्।
यादवको अनुसार यही साउन २९ गते कार्यालय प्रमुख गिरीको पन्नाबाग स्थित कृष्ण मन्दिर नजिक रहेको क्वाटरमा ७५ हजार रुपैया र निवेदन दिएको बताउदै कार्यालय प्रमुख गिरीले १० दिन भित्रमा नियुक्त दिने र बाँकि रहेको ५० हजार रुपैयाँ लिदै आउन भनेको पत्रकारहरुसंग यादवले बताए ।
भदौ महिनाको पहिलो हप्तामा आफु बाँकि रहेको ५० हजार रुपैया लिई कार्यालय प्रमुखसँग भेट्दा थप ५० हजार माग गरेपछि हाम्रो कुरा एक लाख २५ हजारमा भएको बताउँदा होईन थप ५० हजार रकम नदिएसम्म नियुक्ति नदिने अडान कार्यालय प्रमुख गिरीले लिएको कार्यालय प्रमुख गिरीकै अगाडी विहीवार पिडित यादवले पत्रकारहरुलाई बताएका छन्।
यादवको एक लाख २५ हजारमा कार्यालय सहयोगी पदमा सेटिङ मिलेको आरोप छ ।
त्यस्तै सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने तारा चन्द्र प्रसाद साहले मालपोत कार्यालय प्रमुख गिरीको कार्यकक्षमा १० लाख रुपैया घुस नदिएको कारण मुद्दा हारेको गुनासो गरेका छन्। साहले आफु घर बारी मोही लागत कट्टा मुद्दा भुमिसुधार तथा मालपोत कार्यालयमा दुई जनालाई बिपक्षी बनाई दिएको बताएका छन्। दुई जना बिपक्षीहरु मध्ये एक जनाले मात्र प्रतिउत्तर दिएका थिए। तर पनि मालपोत कार्यालय प्रमुख गिरीले बिपक्षीको हकमा नै फैसला दिएको आरोप लगाएका छन्।
टेलीफोनको नम्बर ०५३५५०२९१ बाट रामचन्द्र भन्ने ब्यक्तिलाई कल गर्दा दाङ्ग तामाङको नाममा रहेको सानिमा बैंकको खाता नम्बर ०४७०११०६००००२६५ मा दस लाख जम्मा गरी दिनु तपाईको पक्षमा मुद्दा फैसला हुने भनि प्रमुख गिरी आफुलाई पैसा नदिकै कारण मुद्धा हराएका पिडित साहले गुनासो गरे ।
आफुसँग त्यति रकम नभएकोले मालपोत कार्यालय प्रमुख गिरीले मेरो पक्षमा फैसला नगरी बिपक्षी एक जनाले प्रतिउत्तर नचढाए पनि बिपक्षीको फैसला गरेको आरोप समेत साहले लगाएका छन्।
उक्त कार्यालय प्रमुख गिरीले भने नागरिक उन्मुक्ति पार्टीका मधेश प्रदेशका अध्यक्ष रामचन्द्र चौधरीको श्रीमति सुनिता कुमारी चौधरीको कम्प्युटर अपरेटर पदमा नियुक्ति नभएको र तारा चन्द्र प्रसाद साहको पक्षमा फैसला नभएको कारणले विवाद भएको बताएका छन् ।
भुमि सुधार तथा मालपोत कार्यालय कलैया बाराको सम्पुर्ण कामकाज अनलाईन र भुसेवा प्रणाली लागु भईसकेको कारणले कम्प्युटर अपरेटरमा दक्ष जनशक्ति हुनु पर्नेमा रामचन्द्र चौधरीको श्रीमति दक्ष नभएकोले नियुक्ति गर्न नसकिएको प्रतिशोध साध्न सबै आरोप लगाएको गिरीले बताएका छन्।
साथै यादवसँग मेरो पहिलो चोटी मात्र भेटघाट भएको र अरुण कुमार चौधरीको निवेदन समेत क्वाटरमा ल्याई मेरो पार्टीको नै भुमि सुधार मन्त्री भएकोले टोक आदेश लगाई दिन आग्रह गरेको कारण टोक आदेश लगाईएको हो।
मोही लागत कट्टा मुद्दामा ताराचन्द्र प्रसाद साहले झोला मै पैसा बोकि यस कार्यालयमा कार्यरत बिष्णु कोइराला भन्ने कर्मचारी तथा मेरो क्वाटरमा खाना पकाउने केटालाई पैसा दिन आएको तर लिन नमानेको कारण यस्तो आरोप लगाएको प्रमुख गिरीको भनाई छ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर