spot_img

सुपर सिक्स क्रिकेट टुर्नामेन्ट: पत्रकारको टीम सेमीफाइनलमा

वीरगज, २८ असोज ।
वीरगन्जको नारायणी क्रिकेट रंगशालामा जारी वीरगन्ज सुपर सिक्स क्रिकेट लिग टुर्नामेन्ट प्रतियोगिता आईतबार देखि सुरु भएको छ ।
प्रतियोगितामा सहागिताका जनाएको पत्रकारहरुको टीम सेमीफाइनलमा प्रवेश गरेको छ ।
आफ्नो पहिलो खेलमा पत्रकारहरुको टीम निम्बस ग्रुप विरुद्ध टोस् हारेर पहिलो ब्याटिङ गर्दै पाँच ओभरमा ३३ रनको योगफल तयार पारेको थियो । पत्रकारहरुको टीमबाट सदाम हुसेनले १९ रनको योगदान दिएका थिए अरु खेलाडीहरुले पनि राम्रो खेलको प्रदर्शन गरेका थिए । जवाफी ब्याटिङमा उत्रेको निम्नबस ग्रुप सुरुमा खराब प्रदर्शन गरेको थियो । उसले खेलको पहिलो ओभरमा नै २ विकेट गुमाई सकेको थियो ।
निम्बस ग्रुपलाई अन्तिम ओभरमा जीतको लागि ४ रनको आवश्कता रहेको र अन्तिम विकेट पत्रकारहरुको टीमबाट विशाल पटेल लिएर खेल आफ्नो पछमा पारे । पहिलो खेलमा पत्रकार कामेश्वर साह मैन अफ दि म्याच घोषित भएका थिए । यसैगरी पत्रकारहरुको टीम आफ्नो दोस्रो खेलमा वीरगन्ज बजारलाई २३ रनले हराएर सेमीफाइनलमा प्रवेश गरेको हो । दोश्रो खेलमा पत्रकारहरुको टीम टास जीतेर पहिलो ब्याटिङ गर्दै पाँच ओभरमा ५६ रनको योगफल तयार पारेको थियो । जसमा सदाम हुसेनले ३१ रनको तुफानी पारी खेलेका थिए । जवाफी ब्याटिङमा उत्रेको वीरगन्ज बजार ५ ओभरमा जम्मा ३४ रन बनाउन सक्यो ।
दोश्रो खेलमा पत्रकारका सदाम हुसेन प्लेयर अफ दि म्याच घोषित भए । यसैगरी अर्को सेमफाइनलमा अग्नि ग्रुप प्रवेश गरेको छ । सेमी फाइनल र फाइनल खेल भोली सोमबार हुने आयोज वीरगन्ज युथ सपोर्ट एकेडेमीका फिरोज अन्सारीले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img