spot_img

विद्युत प्राधिकरणका भ्रष्टाचारको आखाडा बनेको वीरगंजका व्यवसायीको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंजका उद्योगी व्यापारीले नेपाल विद्युत प्राधिकरण भ्रष्टाचारको अखडा बनेको आरोप लगाएका छन् । बिहीबार वीरगंजमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यपारीहरुले विद्युत प्राधिकरणको सेवा प्रवाहमा भ्रष्टाचार व्याप्त रहेको र अनाधिृकत रकम नलिई काम नहुने दाबी गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले विद्युत व्यापारमा एकाधिकार पाएको प्राधिकरणले सेवामा मनोमानी र भ्रष्टाचारलाई बढावा दिएको भन्दै सुधारका लागि आग्रह गरे । प्राधिकरण व्यापारिक संस्था भए पनि ग्राहकको सेवा सुविधामा कहिल्यै ध्यान नदिएको, उल्टै घूस नबुझाई कुनै पनि काम नहुने अवस्था रहेको बताएका हुन् ।

प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालसँगको अन्तरक्रियामा उद्योगी व्यपारीले प्राधिकरणले एकाधिकारको दुरुपयोग गरेको आरोपपनि लगाए । विद्युतको गुणस्तरदेखि सेवा प्रवाहमा सहजीकरणका लागि विद्युत व्यापारमा निजीक्षेत्रको सहभागितामा उनीहरुले जोड दिए । विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक सिलवालले भने सेवा प्रवाहलाई प्रभावकारी बनाउने सन्दर्भमा कमजोरी रहेको स्वीकार गर्दै त्यसमा सुधारको लागि निजीक्षेत्रको सहयोग खाँचो रहेको बताए ।
उनले प्राधिकरण पूर्वाधार र प्राविधिक सुधकारका काममा लागेको भन्दै चाँडै नै सुधारको प्रत्याभूति हुने दाबी समेत गरे । वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतमले बारा पर्सा औद्योगिक कोरिडोरमा विद्युत्को नियमित र गुणस्तरीय आपूर्तिको माग गरे । पूर्वअध्यक्ष गणेश लाठ, प्रदीप केडियालगायतले प्राधिकरणको पूर्वाधार सुधारमा जोड दिएका थिए ।

Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर