पत्रकार नेहाल खान दम्पति अस्वस्थ,सहयोगको लागि अपिल

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साका एक समयका चर्चित पत्रकार नेहान खान र निजको श्रीमति हजरा खातुन अस्वस्थ भएका छन् । ५५ वर्षिय पत्रकार खान ‘पोस्ट कोभिड’को कारण फोक्सोमा गडबडी हुदाँ अस्वस्थ् र निजकी ४५ वर्षिया पत्नी खातुन स्तन क्यान्सबाट ग्रसित भएकी छन् । पछिल्लो ६ महिनादेखि दुबै जना विरामी पर्दा सो परिवार अहिले समस्यामा परेको छ । हाल सम्म दुबै जनाको उपचारमा करिब २२ लाख खर्च भइसक्दा उक्त परिवार ऋणमा डुब्दै गएको छ । प्रगतिनगरमा ५ धुरामा बनेको दुई तल्ले घरमा पत्रकार खानसहित दुई दाजुभाई बसोवास गर्छन् । पत्रकार खानको दुई छोरा दुई छोरी गरी ४ जना सन्तान छन् ।
हाल सम्म करिब सवाँ ३ लाख मात्रै सहयोग जुटेको छ । वीरगंज–३ प्रगतिनगरका बासिन्दा पत्रकार खान २०७७ साल वैशाखामा कोरोना महारीको दोस्रो वेभमा संक्रमित हुदै ३१ दिन आइसोलेशनमा बसेका थिए । नेशनल मेडिकल कलेज वीरगंजद्वारा सञ्चालित बाबा होटलको आइसोलेशनबाट निस्केर पत्रकार खान १३ महिना घरमै अक्सिजनको सहाराले कष्टकर जीवन बाचे । त्यसपछि उनी पटकपटक अस्वस्थ हुदै आएका छन् । अस्वस्थ हुदाँ उनी घरघरी नारायणी अस्पतालको आईसियूमा भर्ना भई उपचार लिनु पर्ने समस्य खेप्दै आएको उनले बताए । वितेको रमदान पर्वभन्दा दुई दिन अघि उनी अस्पताल भर्ना भए । त्यसपछि करिब २१ दिनको अस्पताल बसाई पछि उनी हाल घरमै अक्सिजनको सहाराले उपचार लिइरहेको छन् ।
श्रीमति खातुनलाइृ १८ पटक केमो चढाउने काम भइरहेको छ । चितवनको भरतपुरस्थित क्यान्स अस्पतालमा ७ औं पटक केमो चढाएर घर फर्केकी खातुनको एक पटकको केमो चढाउन करिब ८४ हजार खर्च लाग्ने गरेको छ । ९ पटक केमो चढाएपछि मात्रै कति पटक केमो चढाउदाँ रोग निको हुने भन्ने चिकित्सकले यकिन गर्ने चिकित्सकहरुले बताएका छन् । नेपाल टेलिभिजनका पर्सा स्ट्रिगर सवांददाता पत्रकार खान अस्वस्थ भएपछि वीरगंज महानगरका मेयर राजेशमान सिंहले नगद ५० हाजर,प्याब्सन पर्साले १ लाख २८ हजार र अन्य सहयोगी हातले गरेको सहयोग गर्दा करिब सवाँ ३ लाख सहयोग जुटेको छ तर उक्त सहयोग पर्याप्त नभएको खान परिवारको भनाई छ । खान परिवारले सरोकारवालाहरुसंग सहयोगको अपिल गरेको छ । मनकारी हातहरुले पत्रकार खानको इसेवा आईडी नम्बर ९८४५०५८३१६ मा चन्दा सहयोगको लागि अपिल गरेको छ । करिब तीन दशक पत्रकारितामा लागेका पत्रकार खानको अवस्था बारे वीरगंजका व्यवासयीसंग पनि सहयोगको लागि उनको परिवारले अपिल गरेको छ ।

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर