वीरगंज, २६ असोज ।
कलैया उपमहानगरपालिका–१ स्थित श्री ३ चन्द्र माविको विद्यालय व्यवस्थापन समिति गठनमा अनियमितता भएको छ ।
विद्यालयमा आर्थिक अनियमितता गर्नको लागि विव्यस गठन भएको अभिभावकहरूको आरोप छ । गत भदौ ५ गते अभिभावक भेला बोलाइएकोमा सीमित अभिभावकहरूको सहभागितामा हरिओम साह सोनारको अध्यक्षतामा विव्यस गठन भएको थियो ।
केही अभिभावकहरूले गैरकानूनीरूपमा विव्यस गठन भएको भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा रिट हालेका थिए । असोज ८ गते अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको र असोज २२ गते दुवै पक्षलाई छलफलको लागि हाजिर हुन आदेश गरेको थियो । केही प्राविधिक कारणवश असोज २४ गते सुनुवाइ हुने मुद्दामा तारेख लिएकोले कात्तिक १४ गते दुवै पक्षलाई बोलाइ सुनुवाइ गर्ने आदेश गरेको छ ।
विव्यसका अध्यक्ष हरिओम सोनार प्रवीणता प्रमाणपत्र तह वा कक्षा १२ उत्तीर्ण नभएको आरोप लगाइएको छ । माध्यमिक विद्यालयको विव्यसको अध्यक्ष हुनको लागि प्रवीणता प्रमाणपत्र तह वा कक्षा १२ उत्तीण गरेको हुनुपर्ने शिक्षा नियमावलीमा व्यवस्था छ । साथै अभिभावकहरूले विव्यसको अध्यक्ष हुनको लागि विद्यार्थीको अभिभावक हुनुपर्ने अनिवार्य भएपनि सोनारका छोराछोरी सो विद्यालयमा नपढ्ने गरेको बुझिएको छ ।
२०७४ सालमा मानमत–मटिअर्वा सडकखण्डमा विद्यालयको जग्गा पर्दा सोको मुआवजाबापत रु ८० लाख विद्यालयको खातामा आएको थियो । सोही रकम हिनामिना गर्नलाई पनि गलत तरीकाले विव्यस गठन गरिएको अभिभावकहरूको आरोप छ । यस विषयमा प्रधानाध्यापक नरेन्द्र गिरीले कलैया उपनपाका शिक्षा शाखा प्रतिनिधिको रोहबरमा सहमतिमा विव्यस गठन भएकोले यस विषयमा प्राविधिक कुरा मिलेको छ वा छैन भन्नेबारे आफूले केही बोल्न नमिल्ने बताए ।
विव्यसका अध्यक्ष सोनारले आफूमाथि लागेका सबै आरोप निराधार भएको र विद्यालयको मुआवजाको रकम विद्यालयको खातामैं रहेको जानकारी गराउँदै अदालतमा परेको रिट सम्बन्धमा अदालतले जे आदेश गर्छ, आफूले पालना गर्ने बताए । उनले आफू कक्षा १२ उत्तीर्ण नभएको स्वीकार्दै विद्यालयमा क्षति पुर्याउने आफ्नो सोच नभएको र अभिभावकहरूकै सुझावमा अध्यक्ष चयन भएकोसमेत बताए ।

Facebook Comments Box