वीरगंज, २४ असोज ।
चाडबाड नजीकिंदै जाँदा पर्सा–बारामा ट्राफिक चेकजाँच तीव्र बनाइएको छ । पर्साको सदरमुकाम वीरगंजको सुक्खा बन्दरगाह, पावरहाउस, घण्टाघर, रजतजयन्ती चोक, बसपार्क क्षेत्र, गण्डक, परवानीपुर, बाराको सदरमुकाम कलैया आसपास नितनपुर, सिमरा, पथलैया, निजगढलगायत क्षेत्रमा पर्सा–बाराको ट्राफिक प्रहरीले चेकजाँच तीव्र बनाएका हुन् । हलुकादेखि भारी सवारीसाधन ट्रक, टिपर, बस, मिनीट्रक, टाटासुमोलगायतका गाडीहरूको चेकजाँचमा कडाइ गरिएको छ । हरेक वर्ष चाडबाडको बेला चेकजाँच सुरक्षाको दृष्टिकोणले कम र अतिरिक्त रकम उठाउन बढी हुने गरेको बताइन्छ ।
चालकहरूले अहिले वीरगंजको सुक्खा बन्दरगाह, पावरहाउस, रजतजयन्ती चोक, गण्डक, परवानीपुर, नितनपुर, सिमरा, पथलैया, निजगढ, वीरगंज–कलैया, कलैया–बरियारपुर सडकखण्डमा हुने चेकजाँच अतिरिक्त रकम असुल्न मात्रै भइरहेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखकै मिलेमतोमा चाडबाड लक्षित चेकजाँच हुने गरेको चालकहरूको भनाइ छ । चेकजाँचको नाममा कागजपत्रमा भेटिएको त्रुटि र लाइसेन्स नबोकेकाहरूसँग जरिवाना लिएको सरकारी रसिद नकाटी व्यक्तिगत लाभ लिनेगरी बुझ्ने गरिएको चालकहरूले आरोप लगाए ।
पर्सा–बाराको मुख्य राजमार्गको पाँच किलोमिटर दूरीमा हुने अत्यधिक चेकजाँचले यात्रुहरूले सास्ती खेप्छन् भने ट्राफिक प्रहरीको नाम पनि बदनाम हुने गरेको वीरगंज–३२ चोर्नीका एकजना यात्रु बताउँछन् । “तपाईं पर्सादेखि बाराको हरेक ठाउँमा हेर्नुस्, कति चेकजाँच भइरहेको छ तर चेकजाँचको नाममा चालकलाई तर्साउने काम मात्र हुन्छ, जति राजस्व उठ्नुपर्ने हो, उठ्दैन । सङ्कलन भएको रकममध्ये ५० प्रतिशत मात्रै राजस्वमा जान्छ, बाँकी ड्युटीमा खटेका सुरक्षाकर्मीहरूले भाग लगाउने गरेको बताइन्छ । ट्राफिकले असुलेको रकममा जिल्ला मातहतका ट्राफिक प्रहरी अधिकृतहरूको समेत मिलेमतो हुने गरेको छ । पर्सा–बारा रूटमा चल्ने केही गाडीधनीका गाडीसँग ट्राफिक प्रहरीले मासिक नजरानासमेत लिने गरेको छ । नजराना नदिए दैनिकरूपमा ठाउँठाउँमा हैरान पार्छन्, हाकाहाकी पैसा मागेर हैरान बनाउँछन्, वीरगंजका एकजना यातायात व्यवसायीले बताए ।
यात्रुहरूले पर्सा–बाराका विभिन्न क्षेत्रमा आवश्यकताभन्दा बढी ट्राफिक चेक प्वाइन्ट नराख्नसमेत आग्रह गरेका छन् । साथै, अतिरिक्त रकम उठाउन रोक लगाउन जिल्लाका सम्बन्धित निकाय अग्रसर हुनुपर्नेमा जोड दिइएको छ ।

Facebook Comments Box