पूनम सर्राफ हत्या प्रकरणः चोरी गर्न गएका इमरानको संलग्नता

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल
वीरगंज
पर्सा,वीरगंजको पूनम देवी सर्राफको हत्या प्रकरणको सम्बन्धमा आज पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत घटना बारे जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा अपरान्ह ५ बजे सम्पन्न पत्रकार सम्मेलनमा भारत,विहार,जिल्ला सितामढी नरहा ग्राम पञ्चायत स्थायी घर भई हाल वीरगंजमा–१ बजारछपकैयामा बस्दै आएकी पूनमको हत्यामा निजकै एक जना छिमेकी यूवकको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।
मृतक पूनमको घरबाट ५० मिटर टाढा घर भएको २५ वर्षिय यूवक इमरान मियाँले उनको हत्या गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । ‘अभियुक्त लागुऔषध दुव्र्यसनी हुन्,चोरी गर्न गएका छन् तर चोरीको पोल खुल्ने डरले यस्तो घटना घटाएका हुन्,’उनले भने । शुक्रवार विहान २ बजेको समयमा युवक छतबाट भ¥याङ कोठा हुदै घरमा प्रवेश गरेका थिए । जितिया पर्वको विहानको समय भएकोले मृतक घर भित्र पर्वको तयारीको लागि उठिसकेकोले दुबैको जम्काभेट भयो ।
त्यसपछि महिला चिच्याएर हल्ला गर्न खोज्दा उनको टाउकोमा एक फिट लामो फलामको रडले हानेर इमरानले मृतकलाई बेहोस बनाए । त्यसपछि उनको कोठाको बत्ति बालेर हेर्दा उनको आँखा खुल्ला देखिदा पटकपटक फलामको रडले टाउकोमा हानेर गम्भीर घाइते बनाई घरको मुल ढोका खोलेर घटनास्थलबाट उनी निस्केर पुर्वतर्फ भागेका थिए । घटनामा प्रयोग गरिएको फलामको रड धान खेतमा लुकाएर आफुले लगाएको लुगाहरु नजिकको खोलामा फालेका थिए ।
प्रहरीको बयानमा उनले पूनम देवी सर्राफको हत्याको घटनामा संलग्न रहेको स्वीकार गरिसकेको पर्सा प्रहरीले बताएको छ । लागु औषध दुव्र्यसनी इमरान सो राति वडा नं १ को वडा कार्यालयमा सुत्छु भनी घरबाट निस्केका थिए । तर वडा कार्यालयको मुलगेटबाट हाम फालेर पस्दा ढोका बन्द रहेको भेटिएपछि उनी पुनः पूनमको घर तिर लागेको सिसिटिभी फूटेजमा देखिएको छ । उनले पूनमको घरको झ्यालको मद्दतबाट छतमा गएको र छतमै रहेको फलामको रड लिएर घरमा प्रवेश गरेको प्रहरीको अनुसन्धानमा खुलेको पर्साका प्रहरी उपरीक्षक शाहको भनाई छ ।
घटना मुख्य गरी चोरी गर्ने उदेश्यले मृतकको घरमा प्रवेश गरे तापनि चोरीको पोल खुल्ने डरले हत्या गरिएको प्रहरीको दावी छ । यस घटनामा अनुसन्धानको क्रममा वीरगंजका अन्य केही युवकलाई नियन्त्रणमा लिइए तापनि उनीहरुको संलग्नता नदेखिएपछि रिहा गरिसकिएको प्रहरीले जनाएको छ । बलात्कार भएको हो की होइन भन्ने बारेमा अहिले त्यो कुरा खुल्न नसकेको समेत प्रहरीले जनाएको छ ।
पति गगनदेव प्रसाद भारत,मध्यप्रदेशको एक उद्योगमा काम गर्छन भने छोरा दिल्लीमा पढछन् ,छोरीको विवाह भएपछि करिब १५ महिनादेवी पूनम देवी बजार छपकैयामै पूनम ब्यूटिपार्लर सञ्चालन गर्दै बजार छपकैयामा बस्दै आएकी थिइन् । मृत्तकको जेठी दिदी जितिया पर्वको दिन शुक्रवार विहान साढे ३ बजे उठाउन जाँदा उनको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा शुरुमा नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि नेशनल मेडिकल कलेजमा लग्दा उनको विहान पौने ८ बजे मृत्यु भएको थियो । मृतकको शवलाई पोस्टमार्टम गरी दाहसंस्कार भइसकेको छ ।
तस्बिरःविनोद यादव

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर