राधेश्याम पटेल
वीरगंज
शुक्रवार विहान वीरगंजमा भएको एक जना महिलाको हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको पर्सा प्रहरीले जनाएको छ । भारत,विहार सीतामढि, रिगाको नाराहा बस्ने हाल वीरगंज–१ बजार छपकैया वडा कार्यालयको दक्षिण पट्टिको टोलमा बसोबास गर्दै आएकी ४० वर्षिया पूनम देवी सर्राफको घटनामा पर्सा प्रहरीले अनुसन्धानको अन्तिम चरणमा पुगेको जनाएको छ । पूनम सर्राफको माइत भारतको वैरगिनिया हो । आईतवार घटनाको सम्बन्धमा विस्तृत जानकारी आउने पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जनाए ।
‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,थप अनुसन्धान भइरहेको छ ,’उनले भने,‘आईतवार खबर आउँछ,घटनाको बारेमा हामीहरु सुक्षम किसिमले लागेका छौ ।’ घटनाको विषयमा सबै कुरा पत्रकार सम्मेलनमा जानकारी गराइने भएकोले फोन सम्पर्कमा धेरै कुरा नगरौ भनी उनी पन्छिए । घटना स्थल नजिको प्रहरी यूनिट,पर्सा प्रहरीको अपराध शाखा एवं प्रहरी अधिकृतहरुको सम्पूर्ण टोली नै दुई दिन देखि यो घटनाको टुगो लागउन परिचालन भएको देखिन्छ ।
पर्सा प्रहरीका एक जना अधिकृतले घटनाको छानविन लगभग पुरा भइसकेको र हत्या गर्ने अभियुक्त पनि लगभग पत्ता लागिसकेकोले चाडै सार्वजनकि गर्ने तयारी रहेको बताए । यस घटनामा पर्सा प्रहरीले हत्याको अभियोगमा वीरगंज–१ छपकैया स्थित कोल्डस्टोरेज नजिकका सुनिल सर्राफलाई पक्राउ गरेको छ । सुनिलकै घरमा मृतक पूनम देवी सर्राफले ब्यूटिपार्लर सञ्चालन गर्दै आएकी थिइन् । घर साहुका छोरा सुनिलको कल डिटेलबाट उनी पूनमसंग निकै समिप रहेको पुष्टि भएपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
अनैतिक सम्बन्धको कारण समाजमा व्यक्तिगत मानसम्मानमा खलल पुगेको भन्दै सो घटना घटाइएको हुन सक्ने अशंका गरिएको छ । यसैवीच,पर्सा प्रहरीले बजार छपकैयाकै शिव मन्दिर नजिकैको गल्लीबाट घटनामा प्रयोग गरिएको धारिलो हतियार बारमद गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अभियुक्तले हतियारको बारेमा जनाएपछि उक्त हयितार बरामद गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा प्रहरीले उक्त हतियार र घटनामा संलग्न व्यक्तिको बारेमा जानकारी गराउनेछ । पर्सामा बढदै गएको अपराधिक घटनाको कारण पर्सा प्रहरी अहिले तनावमा छ । १७ दिन भित्र दुई वटा महिलाको हत्या हुनुले पनि पर्सा प्रहरीको सुरक्षा व्यस्थामा प्रश्न खडा गरेको छ । प्रहरी बिट नजिकै घण्टाघरकै बत्ति टोडफोट तथा लुटपाट घटना,एकै दिन ८ वटा मोटरसाइल चोरी घटना र दिनदिनै भइरहेको जघंन्य हत्या,बलात्कारको घटनाले पर्सा प्रहरीको सुरक्षा व्यवस्थालाई चूनौती दिएको पर्सावासीको भनाई छ । पर्सावासी असुरक्षाको वातावरण बन्दै गएको पनि महसुस गर्न थालेका छन् । बजार छपकैयाको घटनाभन्दा पहिले पर्सा,जगरनाथपुर गापाको कान्ति देवीको हत्या प्रकरणले पनि पर्सा प्रहरीको आलोचना भएको थियो । तर उक्त घटना टुगो लागिसकेको छ । तर वीरगंज बजार छपकैयाको घटनाले छपकैया पासपासको सुरक्षा यूनिटलाई चूनौती थपेको छ । घटना स्थलभन्दा वरपर विभिन्न सुरक्षा यूनिट छन् । तर पनि हत्या भएको छ । सर्वसधाराणले पर्सा प्रहरीले पर्साको समग्र ठाउँको सुरक्षा व्यस्था बढाउनुको साथै रात्रिकालिन गस्तीलाई पनि चुस्तदुस्त पार्नु पर्ने सुझाव दिएका छन् ।
पूनम सर्राफको पोस्टमार्टम रिर्पोट
भारतीय नागरिक पूनम सर्राफलाई पटकपटक प्रहार गरि मारिएको पुष्टि भएको छ । नारायणी अस्पतालमा भएको प्रारम्भिक पोस्टमार्टम रिपोर्ट अनुसार उनलाई धारिलो र बोधिलो हतियारले पटकपटक टाउकोमा प्रहार गरी मारिएको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालका पोस्टमार्टम गर्ने चिकित्सक डा. अजित साहका अनुसार उनलाई धारिलो हतियारले र बोधिलो हतियार अर्थात इटमा टाउको लडाएर मार्ने प्रयास भएको हो । पूनमको कोठाको पर्खाल प्लास्टर भएको छैन । शव बरामद गर्दा प्रहरीले सुत्ने कोठाको पर्खालको इटमा पनि रगत लागेको र टाउको लडाएर हत्या गर्ने प्रयास भएको हुन सक्ने बताइको छ । हत्या अघि बलात्कार भएको हो कि होइन भन्ने विषयमा भेजाइनाको स्वाब नमुनको रुपमा संकलन गरी जाँचको लागि पठाइएको र काठमाडौंको फरेन्सिक प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्र बलात्कारको बारेमा यकिन गर्न सकिने प्रस्ट हुने उनको भनाई छ । पोस्टमार्टमपछि शव परिवारजनलाई जिम्मा लगाइएको र पूनमका पति गगनदेव साह र छोरा,छोरी वीरगंज आईसकेकोले आईतवार विहान ८ बजे पूनमको अन्तिम दाहसस्कार गर्ने तयारी छ ।
पूनमका पति गगनदेव भारत,मध्यप्रदेश,ग्वालियरको एक खद्यान्न उद्योगमा कार्यरत छन् भने छोरा दिल्लीमा अध्ययनरत छन् । १५ महिना अघि छोरीको विवाह भारतमै भएको छ । छोरीको विवाह भएपछि पूनम एकलै छपकैयामा ब्यूटिपार्लर गरी बस्दै आएकी थिइन् । उनी समाजिक सञ्जाल टिकटकमा बढि सक्रिय थिइन् । राति लाइभ आउने गरेको पनि देखिन्छ ।