मुआब्जा दिने सहमति, चक्काजाम फिर्ता

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ असोज/
वीरगंज–२५ श्रीसियावासीहरूले विगत पाँच दिनदेखि गर्दैआएको चक्काजाम आजदेखि स्थगित भएको छ । श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंज र श्रीसियावासीबीच तीन बुँदे सहमति भएपछि गाउँलेहरूको धर्ना तथा चक्काजाम कार्यक्रम फिर्ता भएको मुआब्जा सङ्घर्ष समितिका अध्यक्ष अशोक चौधरीले बताए ।
उनले सरकारले आगामी दशैंदेखि छठको बीचमा मुआब्जा रकम निकासा गर्ने अग्रीम लाभकर फिर्ता गर्ने र स्ववासी जग्गाको मुआब्जा दिने सम्बन्धमा सकारात्मक रहेको र छठ अगावै गाउँलेहरूको तीनवटै माग पूरा गर्ने प्रतिबद्धता जनाएकोले सहमति गरिएको जानकारी गराए ।
विगत आठ वर्षदेखि सरकारले मुआब्जा रकमको समस्या नसुल्झाउँदा गाउँलेहरू मर्कामा परेका छन् । श्रीसिया सुक्खा बन्दरगाह विस्तारको क्रममा २०७२ सालमा सरकारले जग्गा अधिग्रहण गर्न रोक्का गरेको थियो । सरेहको खेत र घडेरी गर्दै करीब ६२ बिघा जग्गा सरकारले अधिग्रहण गर्न लागेकोमा कुल लागत साढे पाँच अर्बमध्ये तीन अर्ब सरकारले मुआब्जा दिइसकेको र अढाइ अर्बको हाराहारीमा मुआब्जा दिन बाँकी रहेको बताइएको छ ।
पटक–पटकको आन्दोलन र ताकेतापछि सरकारले मुआब्जा नदिएको कारण असोज १४ गतेदेखि चरणबद्ध आन्दोलन शुरू भएको थियो । जसको कारण पाँच दिनमा ड्राइपोर्ट भन्सारको राजस्व सङ्कलन प्रभावित भएको थियो । ड्राइपोर्ट भन्सारले एक दिनमा १२ देखि १५ करोड राजस्व सङ्कलन गर्दैआएको छ ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर