spot_img

वीरगंजमा डेंगीका बिरामी बढयो

वीरगंज
वीरगंज महानगरपालिकामा डेंगी संक्रमण बढ्दै गएको छ । यस वर्ष साउनको अन्तिम सातादेखि आइतबारसम्ममा महानगरमा ५७ डेंगी रोगी देखिएका वीरगंज महानगर स्वास्थ्य महाशाखा प्रमुख अनिलकुमार यादवले जनाए । उनका अनुसार, साउनमा २, भदौमा ३८ र असोजमा १७ गरी कूल ५७ डेंगी रोगी फेला परेका हुन् । उनीहरु वीरगंजका विभिन्न अस्पताल तथा चिकित्सकको सम्पर्कमा पुगेका छन् । पछिल्लो पटक नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा २ र एड्भान्सस अस्पतालमा १ गरी नयाँ ३ डेंगी रोगी सम्पर्कमा आएका प्रमुख यादवले बताए । उनीहरु अस्पतालमै उपचारमा छन् ।
पछिल्लो समय वीरगन्जको श्रीपुर, बसपार्क, रेल्वे रोड, छपकैंया लगायतका स्थानबाट रोगी सम्पर्कमा आउन थालेकाले ती क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्न ‘सर्ट एण्ड डिस्ट्रोय’ अभियान सन्चालन गरिएको उनले बताए । अभियानको क्रममा हालसम्म ६ सयभन्दा बढी टायरबाट लामखुट्टेको लार्भा नष्ट गरी सकिएको उनले बताए ।

यसअघि महानगरमा सञ्चालित विभिन्न अस्पतालमै यो अभियान चलाउँदा कतिपय अस्पतालमा भण्डारण गरिएको टायर र खाली भाँडाकुँडाहरुमा समेत लामखुट्टेको लार्भा फेला पारेर नष्ट गरिएको उनले बताए । वर्षायाममा टायरको उचित व्यवस्थापन नहुँदा त्यसमै हुर्किने लामखुट्टेबाट डेंगी रोगको प्रकोप फैलिने खतरा हुने गरेको उनको भनाइ छ । गमला र एयर कन्डिसनमा जमेको पानीमा पनि डेंगीको लार्भा हुर्कने गरेकाले महानगरवासी सचेत हुनु पर्ने उनको सुझाव छ ।

हालसम्म सम्पर्कमा आएका रोगीहरुमा धेरै जटिल समस्या नरहेको उनले बताए । ‘हालसम्म यो रोगबाट मानवीय क्षतिको घटना भएको छैन, यस वर्ष त्यति धेरै जटिलता रोगीमा देखिएको पनि छैन,’ उनले भने, ‘धेरै बिरामीहरु चिकित्सकको सल्लाह र सम्पर्कमा रही घरमै बसेर पनि उपचार गराइरहेका छन् ।’ साभारःईकान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अरुको खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका...

प्रहरी उपरीक्षक ढुंगेलले कार्यभार सम्हाले

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

बाघको आक्रमणबाट २ जना घाइते

spot_img