spot_img

हरि खेतान बहुमुखी क्याम्पस वीरगंजको बसमा विद्यार्थी गुन्द्रूक कोचेसरह यात्रा गर्न बाध्य

वीरगंज, १३ असोज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजको स्कूल बसमा विद्यार्थीहरु गुन्द्रुक कोचिएसरह यात्रा गर्नु परिरहेको छ ।
वीरगंजको अलखियामठस्थित हरि खेतान बहुमुखी क्याम्पसले विद्यार्थी ल्याउने लैजाने स्कूल बसमा विद्यार्थीहरु उभिने ठाउँ पनि हुंदैन । अझ अचम्मको कुरा विद्यार्थीहरु सिटमाथि र शिशामा टांस्सिएर कोचिएर उकुसमुकुस भएर यात्रा गरेको दृश्य दिनहुँ देख्न सकिन्छ।
यसरी विद्यार्थीहरुलाई स्कूल बसमा कोचमकोच गरेर लैजाँदा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा र क्याम्पस प्रशासन मौन भएर बस्ने गरेको छ । गर्मीको बेलामा कोचमकोच भएर निस्सासिएर बस्नुपर्दा विशेषगरी छात्राहरुलाई निकै समस्या हुने गरेको छ । उकुसमुकुस भएर कतिपय छात्राहरु बसमै रिंगटा लाग्ने, बान्ता गर्ने र सन्चो नहुने गरेको छ ।
हरि खेतान बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको संख्या निकै बढिरहेको र पर्सा, बारासम्म विद्यार्थी रहेको हुंदा क्याम्पसले ७ वटा बस संचालन गरेको छ । यसबारेमा क्याम्पस प्रशासनलाई जानकारी भए पनि उनीहरुले गैरजिम्मेवार जवाफ दिने गरेका छन्। गुनासो गर्दा पनि दुई वर्षदेखि सुनवाइ नभएको र बसमा कोचमकोच भएर यात्रा गरी अध्ययन गर्नुपरेको एकजना छात्राले बतFइन् ।
बसमा गुन्द्रुक कोचेर यात्रा गर्नुभन्दा कतिपय विद्यार्थीहरु चर्को भाडा तिरेर ईरिक्शा चढने गरेको पनि उनले बताइन् ।
बसमा ओभरलोड विद्यार्थीहरु राख्दा कतिपटक बस दुर्घटना हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img