spot_img

दशै तिहार र छठ लक्षित बजार अनुगमन सुरु हुने

वीरगंज, पर्सा १० असोज । दशै तिहार र छठ लक्षित बजार अनुगमन सुरु हुने भएको छ । वीरगंज महानगरपालिका कार्यालय अन्तर्गत उप प्रमुखको सम्योजकत्वमा रहेको बजार व्यवस्थापन तथा अनुगमन समितिको बैठक आज सम्पन्न बैठकले सो निर्णय गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकमा विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बैठकमा बजारको सम्पुर्ण पसलमा खाद्यान्न समाग्रीको एक्सपाइरी डेट चेक गरी कार्वाहीको दायरामा ल्याई तथा कार्वाही गर्ने छलफलमा निर्णय गरिएको जानकारी गराइएको छ । अहिले आउन लागेको चाड पर्वको मध्यनजर गर्दै बजार अनुगमन बढाउनु पर्ने सबैको जोड रहेको थियो ।
त्यस्तै बजार व्यवस्थापन तथा अनुगमनका कार्य तिव्र गतिमा बढाउने वीरगंज महानगरपालिका बजार व्यवस्थापन तथा तथा समितिका संयोजक एंव उप-प्रमुख इम्तियाज आलमले दशैंलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न बजार अनुगमन कार्य तिब्र रुपमा गर्नु पर्ने बताए।
आज सम्पन्न बैठक बिरगंज उक्त बैठकमा बिरगंज महानगरपालिकाका प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल,उप-प्रमुखका निजि सचिव रबिनन्दन सिंह,कार्यपालिका सदस्य कन्हैया ठाकुर,नेपाल प्रहरी बिर्ताका निरीक्षक पुष्कर बोगटी,ट्राफिकका निरीक्षक भास्कर खडिवाडा,शसस्त्रका सइ कमलेश पुरी,होटेल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष हरि पन्त ,उद्योग वाणिज्य संघका सुरेश कुमार रुङ्टा,खाद्य अधिकृत विपिन कुमार,अजित भुजेल,पत्रकार राहुल गुप्ताको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img