विराटनगर। नेपालमा उत्पादित धागोको मुख्य बजार टर्कीमा निकासी व्यापक घटेको छ। टर्कीमा गत माघ २३ गते गएको विनाशकारी महाभूकम्प, रुस-युक्रेन युद्धका कारण युरोपियन बजारमा छाएको मन्दी, टर्कीको मुद्राले खप्नुपरेको अवमूल्यन, अन्तर्राष्ट्रिय रूपमै वस्तुको मागमा आएको कमी लगायतका कारण धागोको माग घटेको हो।
नेपालबाट एक्रेलिक यार्न खरिद गर्ने मुख्य देश भारत र टर्की हुन्। भारततर्फ निर्यात बढ्दै गएको छ। भैरहवाको जगदम्बा स्पिनिङ मिल्सका सञ्चालक विष्णुप्रसाद न्यौपानेका अनुसार नेपालको धागोबाट टर्कीका टेक्स्टाइल उद्योगले कपडा उत्पादन गर्छन्। टर्कीमा उत्पादित कपडाको मुख्य बजार युरोपेली मुलुकहरू हुन्।
तर एक वर्षयता चलिरहेको विश्वव्यापी मन्दी र रुस-युक्रेनको युद्ध आदिका कारण युरोपेली देशको आर्थिक अवस्था बिग्रिएको छ। त्यस्तै टर्कीमा मुद्रास्फीतिको दर अत्यन्त उच्च छ।
उनले भने, ‘दुई-तीन वर्ष पहिले टर्कीको १ लिराबराबर नेरु २० थियो भने अहिले नेरु ५ बराबर १ लिरा भएको छ । यसरी टर्कीको मुद्रा अवमूल्यनको मारमा छ।’
न्यौपानेले टर्कीमा धागोको माग ३० प्रतिशतभन्दा बढीले घटिरहेको जिकिर गरे। वीरगञ्जस्थित त्रिवेणी स्पिनिङ उद्योगका सञ्चालक रामचन्द्र संघईले पनि आफ्नो उद्योगबाट टर्कीका लागि हुने निर्यातमा ३० देखि ४० प्रतिशतले ह्रास आएको जानकारी दिए।
‘हो, टर्कीसँगको व्यापार घटेको छ,’ उद्योगी संघईले भने, ‘यार्नका मुख्य क्रेतामध्ये भारत अर्को मुख्य मुलुक हो। तर भारतका आयातकर्ताले पनि राम्रो भाउ दिनसकेका छैनन्। त्यसैले एक वर्षयता यार्नको व्यापार निराशाजनक अवस्थामा छ।’
संघईले रुस-युक्रेनको युद्ध, अन्तर्राष्ट्रिय मन्दी लगायतका कारणले नेपालको धागोको निर्यातमा असर पुगेको उल्लेख गरे। सुनसरीको रिलायन्स स्पिनिङ उद्योगका सञ्चालक अक्षय गोल्यानले टर्कीको आर्थिक अवस्था एक वर्षयता दिनप्रतिदिन बिग्रँदै गएको र मुद्राको अवमूल्यन समेत भएको बताए।
अक्षयको भनाइ छ, ‘एकातिर टर्कीस लिराको अवमूल्यन अर्कातिर ऊर्जाको अनियमितताका कारण हामीलाई उद्योग चलाउन कठिनाइ भएको छ। त्यसमाथि भूकम्प, अन्तर्राष्ट्रिय मन्दी आदिको चाप। यी सबै कारणले टर्कीका व्यवसायीले हामीसँग पहिलेको जस्तो परिमाणमा यार्नको आयात गरिरहनु भएको छैन। उहाँहरूको क्रयशक्ति घटेको अवस्थामा छ।’
गोल्यानले उद्योगमा दिनको २० पटकभन्दा बढी ट्रिपिङ हुँदा उत्पादन–प्रक्रियामा ठूलो असर पुगेको गुनासो गरे। उनले नेपाल सरकारले यार्नको निर्यातपछि उद्योगले पाउने इन्सेन्टिभ रोकेको समेत बताए।
हामी महिनामा ३५० टनभन्दा बढी धागो टर्कीमा निर्यात गरिरहेका थियौँ। चालु आर्थिक वर्षमा झन् नराम्रो तथ्यांक छ। बितेका साउन र भदौ गरी २ महिनामा हामीले जम्मा ४ टन मात्र यार्न टर्की पठाएका छौँ। गत आवको भन्दा चालु आवको तथ्यांक अझ कहालीलाग्दो हुने संकेत देखिँदैछ।
उनको भनाइ थियो, ‘हामीले निर्यात गरेपछि पाउने इन्सेन्टिभको रकम एक वर्षको पेन्डिङ छ। त्यो रकम हामीले पाएका छैनौँ। यसैबीच इन्सेन्टिभ रोकिएको समाचार छ। यो समाचार सत्य हो भने झन् ठूलो निराशा सुरु हुनेछ।’
रिलायन्सका प्रबन्धक महेश पोखरेलले रिलायन्सले आर्थिक वर्ष २०७८/७९ मा टर्कीमा मात्र ४ हजार ७ सय टन यार्न निर्यात गरेकोमा गत आव २०७९/८० मा घटेर ३ हजार २ सय टन मात्र निर्यात भएको जानकारी दिए।
पोखरेलले भने, ‘हामी महिनामा ३५० टनभन्दा बढी धागो टर्कीमा निर्यात गरिरहेका थियौँ। चालु आर्थिक वर्षमा झन् नराम्रो तथ्यांक छ। बितेका साउन र भदौ गरी २ महिनामा हामीले जम्मा ४ टन मात्र यार्न टर्की पठाएका छौँ। गत आवको भन्दा चालु आवको तथ्यांक अझ कहालीलाग्दो हुने संकेत देखिँदैछ।’
भन्सार विभागको यस्तो छ तथ्यांक भन्सार विभागले उपलब्ध गराएको तथ्यांकले पनि टर्कीमा एक्रेलिक यार्नको निर्यात उल्लेखनीय रूपमा घटेको देखिन्छ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट १ अर्ब ३८ करोड रुपैयाँबराबरको ४ हजार ७७६ टन धागो टर्कीतर्फ निर्यात गरिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा पहिलेको वर्षका तुलनामा परिमाण र निर्यातमूल्य दुवैमा उल्लेख्य वृद्धि भयो। सो आवमा ३ अर्ब ३१ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ७७० टन धागोको निर्यात टर्कीतर्फ गरिएको थियो।
तर गत आव २०७९/८० को तथ्यांक विश्लेषण गर्दा आव २०७८/७९ कोजस्तै उत्साहजनक निर्यात भएको छैन। गत आवमा १ अर्ब ९४ करोड ५० लाख मूल्यको ५ हजार ४६४ टन यार्न टर्कीतर्फ निर्यात भएको छ। यार्नका मुख्य तीन प्रकारमध्ये टर्कीका व्यवसायीले नेपालबाट पोलिस्टर भिस्कस र पोलिस्टर यार्न मात्र आयात गर्छन्। यार्नको अर्को प्रकार एक्रेलिक फाइबर भने भारततर्फ मात्र निर्यात हुन्छ।
भारतमा बढ्दो छ निर्यात अमेरिकी डलर आर्जन हुने टर्कीको निर्यात घटेपनि उद्योगीहरू भारततर्फ निर्यात बढाएर भारुमै चित्त बुझाइरहेका छन्।
आर्थिक वर्ष २०७७/७८ मा भारततर्फ ५ अर्ब २३ करोड ३३ लाख मूल्यको २२ हजार ४५२ टन निर्यात भएको धागो आव २०७८/७९ मा आइपुग्दा ७ अर्ब १० करोड ३५ लाख मूल्यको २५ हजार २८ टन निर्यात भएको थियो।
त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा ८ अर्ब ४ करोड मूल्यको ३१ हजार ८६२ टन धागो भारततर्फ निर्यात गरिएको छ।

Facebook Comments Box