वीरगंज
वीरगंजमा सटरको भाडाँ तिर्न नसक्दा व्यापारी सम्पर्क विहीन हुने व्यापारीहरु बढदै गएका छन् । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, कस्मेटिक,मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेको वीरगंज महानगरले जनाएको छ । महानगरका कर्मचारीहरुका अनुसार व्यापार व्यवसाय फस्टाउन नसक्दा बैङ्कको ऋण र घरधनीलाई भाडा तिर्न नसक्दा उनिहरु व्यवसायबाट पलायान भएर सम्पर्क विहिन बन्ने गरेको बताइको छ । आर्थिक मन्दीका कारण वीरगंज महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
वीरगंज महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिने क्रम बढेको महानगरका कर्मचारीहरुको भनाई छ । कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा लेनदेनमा विषयमा असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको महानगरले जनाएको छ । बन्दाबन्दी सहज भएपछि व्यापार विस्तारै लयमा फर्किदै थियो, तर देशमा आर्थिक मन्दी शुरु भएसँगै व्यवसायले थप समस्या भोग्नु परेको व्यवसायीहरुको भनाई छ ।
मन्दीले वीरगंजका व्यवसायी सम्पर्कविहिन बन्दै
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box