spot_img
spot_img

मलंगवा घटनालाई लिएर वीरगंज बजार बन्द,मलंगवामा कर्फयू यथावत

पढ्न छुटाउनुभयो ?

वीरगंज
सर्लाहीको मलंगवामा भएको घटनाको विरोधमा शनिबार दिनभर वीरगंज बजार बन्द भएको छ । दोषीमाथि कारबाही माग गर्दै हिन्दु समाजले वीरगंज बजार बन्द गराएका हुन् । बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारीसाधन पनि दिनभर ठप्प रहे । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको वीरगंज हिन्दू समाजले जनाएको छ । बन्दको कार्यक्रम सफल बनाउन समाजका युवाहरुले वीरगंजमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनकारीहरुले वीरगंजको घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच समेत भएको थियो । उनीहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारी बिच विवाद भएको हो । भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो । त्यसअघि वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुशले नगर परिक्रममा गरेको थियो । प्रदर्शनकारीहरुले वीरगंजको मुख्यसडकमा रहेका पसलदेखि लिएर गल्लीमा रहेका साना पसलहरु समेत बन्द गराएका थिए । बिहीबार साँझ सर्लाहीको मलंगवामा गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको थियो । यादवको अवस्था गम्भीर छ ।उनको प्रारम्भिक उपचार वीरगंजमा गरी थप उपचारको लागि काठमाडौं लागिएको छ । मंलगंवामा अहिले पनि कर्फयू जारी रहेको छ । मलगंवामा कडा सुरक्षा घेरा वीच मुर्ति विसर्जनको काम भएको जनाइएको छ ।

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर