spot_img

बारामा अन्तरजातीय विवाह गरी बच्चा जन्माएकी महिलाको बिजोग

वीरगंज, ६ असोज । बारामा एकजना महिला अन्तरजातीय विवाह गरी बिचल्लीमा परेकी छन् । बारा, कलैया उपमहानगरपालिका वडा नं २३ की २० वर्षीया महिला बिचल्लीमा परेकी हुन् ।

दुई वर्षअघि सोही वडाका एकजना युवकसँग भागेर अन्तरजातीय विवाह गरेकी उक्त महिलाको नौ महीनाको छोरा छ । तर पतिको घरपरिवारले आफूलाई नस्वीकार्दा आफू समस्यामा परेको बताएकी छन् । कलैयाको एक सरकारी विद्यालयमा कक्षा ८ मैं पढ्दा चमार जातिकी छात्राको कानू जातिको छात्रसँग प्रेम बसेको थियो । त्यति बेला उनीहरूले भागेर विवाह गरे ।

घरपरिवारले जिल्ला प्रहरी कार्यालय, बाराबाट दुवैजनालाई अलग्याएर घर ल्याउँदासमेत उनीहरू दोस्रोपटक भागेर चितवनको भरतपुरमा कोठा लिएर बस्न थालेका थिए । पछि केटाको परिवारलाई थाहा भएपछि चितवन प्रहरीको सहायताले पुनः छुटाएर दुवैलाई उनीहरूको आआफ्नो घर पठाइयो ।

त्यति बेलासम्म महिला गर्भवती भइसकेकी थिइन् । उनले आफ्नै वडाका २२ वर्षीय दीपेश गुप्ता (कानू)सँग अन्तरजातीय विवाह गरी बच्चा रहन गएको कलैयाको देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरी जानकारी गराएकी छन् ।

पतिको घरमा बस्न पाउनुपर्ने माग राख्दै उनले जिल्ला प्रहरी कार्यालय, बारामा पटकपटक धाइराख्दा पनि आफूले न्याय नपाएको दुःखेसो पोखिन् । उनले पति गुप्तालाई ससुराली पक्षले गायब बनाएको आरोप लगाएकी छन् ।

“जिल्लामा गत असारमैं आएर उजूरी गरेकी थिएँ, प्रहरीले ससुरालाई समातेर पनि ल्यायो तर सोही दिन साँझ छोड्यो,” बिचल्लीमा परेकी महिलाले सुनाइन्, “प्रहरीलाई ससुराले दीपेश सम्पर्कविहीन रहेको र उनले आफैं खोजिरहेको र छोरो आएपछि बुहारीको समस्या समाधान हुने बताएपछि प्रहरीले छोडेको हो ।” पीडित महिलाले ससुरारी पक्ष माथिल्लो जातिको भएकोले आफूलाई घरमा बस्न नदिएको र यदि आफूलाई उक्त घरमा भिœयाएमा उनीहरूको प्रतिष्ठामा आँच आउने डरले घटना बङ्ग्याएर आफूलाई दुःख दिइरहेको आरोप लगाएकी छन् ।

यस विषयमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले आफू पनि भर्खरै आएकोले पीडित पक्षसँग घटनाबारेमा जानकारी लिएर अनुसन्धान अघि बढाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img