वीरगंज, ५ असोज/
प्रतिनिधिसभा सदस्य प्रदीप यादवले शिक्षा प्रदान गर्ने शिक्षकहरू आफ्नो अधिकार प्राप्तिका लागि सडकमा आउनु राज्यका लागि लाजमर्दाे विषय भएको बताउनुभएको छ ।
शुक्रवार बिहान शिक्षक आन्दोलनका निमित्त पर्साबाट सहभागी शिक्षकहरूसँग अन्तरक्रिया गर्दै जसपाका प्रमुख सचेतक समेत रहनुभएका यादवले अहिले ल्याउन लागिएको शिक्षा विधेयक मुठ्ठीभर मान्छेको स्वार्थमा ल्याएको आरोप लगाउँनुभयो ।
उहाँले अहिले शिक्षकले आन्दोलन नगरेको भए सबै प्रकारको शिक्षकको घाँटी काटिने अवस्था रहेको बताउँदै शिक्षकको माग सम्बोधन गराउन आफु र आफ्नो पार्टी जसपा नेपाल तयार रहेको उद्घोष गरेका छ ।
यो विधेयक कहाँबाट आयो ? प्रश्न गर्दै उहाँले भन्नुभयो, यो ऐन एन्जिओ र आइएन्जिओको स्वार्थमा आएको छ । नेपाल शिक्षक महासंघ पर्साको आयोजनामा काठमाडौंको एक होटेलमा भएको कार्यक्रममा पुर्व मन्त्री यादवले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक राखेर समस्या समाधान गर्ने प्रतिबध्दता जनाउनुभएको छ । शिक्षक आन्दोलनको कारण राज्य नै भएको आरोप लगाउँँदै आन्दोलनको समाधान पनि राज्यले नै गर्नुपर्नेमा उहाँको जोड थियो ।
शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सचिव विनोद गिरी लगायत पर्सेली शिक्षक अगुवाहरूको उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष यादवले शिक्षकका माग र समस्याका विषयमा सांसद यादवलाई जानकारी गराउनुभएको थियो ।
शिक्षा विधेयक मुठ्ठीभर मान्छेको स्वार्थको लागि ल्याइएको सांसद यादवको भनाइ
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box