प्रतिबन्धित लागूऔषधसहित तामाङ पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले प्रतिबन्धित लागु औषधसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
बुधवार साँझ वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका प्र.२–०२–००४ प ७४९५ नं को स्कुटीमा सवार हेटौडा उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३४ को अजित तामाङलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले चेकजाँचको क्रममा स्कुटीको सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध ओनरेक्स सय एमएलको ६९ बोत्तल बरामद गरेपछि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर