कलैयावासीले काठमाण्डौंमा गरे मिलन समारोह

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २५ भदौं/ काठमाण्डौंको मित्रपार्कमा कलैयावासीको पुनर्मिलन समारोह सम्पन्न भएको छ । उक्त पुनर्मिलन कार्यक्रममा कलैया स्थायी घर भई हाल काठमाण्डौमा बसोबास गरिरहेका पुरूष १९८ र महिला ३३७ गरी जम्मा ५३५ जनाको सहभागीता थियो ।
वरिष्ठ भोजपुरी हास्य कवि माधवप्रसाद गौतमले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरे भने स्वागत मन्तव्य पूर्व प्राध्यापक शुकदेव उपाध्यायले व्यक्त गरे । ज्येष्ठ नागरिकहरूलाई खादा लगाई सम्मान गरिएको थियो । सातजना ज्येष्ठ महिलाहरूको हाँतबाट अन्य महिला दिदीबहिनीहरूलाई उपहार स्वरूप साडी प्रदान गरिएको थियो ।
समारोहमा एकल, यूगल र सामूहिक नृत्य, गायन, कबितालगायत विद्याका प्रस्तुती प्रसतुत गरिएको थियो । कलैयाका छोरी र बुहारी बीचको अन्ताक्षरीको प्रतिस्पर्धा लगायत बिंगो खेलको पनि आयोजना गरिएको थियो । सेवा प्रदायक संस्थाको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर