spot_img

spot_img

तस्करीको ८ सय किलो काजु बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ भदौं । सशस्त्र प्रहरीले भन्सार छलीको सात लाख मूल्य बराबरको ८ सय किलो काजु बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगंज महानगरपालिका–१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलस्थित एक गोदाममा छापा मारेर ८ क्वीन्टल काजु बरामद गरेको हो ।
सूचनाको आधारमा सोमवार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह र वीरगंज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको नृर्ततवमा खटिएको टोलीले बजरंग टोलस्थित मगनी राउतको घरमा रहेको गोदाममा भण्डारण गरी राखिएको काजु बरामद गरेको हो ।
राउतको घरमा गोदाम बनाई भण्डारण गरि राखिएको भन्सार छलीको काजु बरामद गरिएको सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित बजारमूल्य ७ लाख २० हजार रुपियाँँ रहेकोपनि उनले बताए । बरामद काजु आवश्यक कारबाईका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको र काजु धनीको वारेमा अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।
Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर