वीरगंज नाकाबाट प्याज र नासपातीको तस्करी

पढ्न छुटाउनुभयो ?

वीरगंज
नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा वीरगंज आसपासका सिमा क्षेत्रमा तस्करी मौलाएको छ । नेपाल सरकारले आलु प्याज लगायतका तरकारी खाद्य समाग्रीमा भ्याट लगाएसँगै वीरगंजमा अहिले आलु प्याजको तस्करी मौलाएको छ । भन्सार छली गरी करोडौं मुल्य बराबरको आलु प्याज भत्रिरहेको श्रोतको दावी छ । तस्करीबाट प्रहरीले पछिल्लो समय डब्बल मज्जा लिइरहेको छ । भारतबाट आलु प्याज र नेपालबाट नास्पातीलगाएका फलफुल ओसार–पोसार भइरहेको बताइएको छ ।
नेपाली भान्सामा नभई नहुने प्याज र आलुको माग वीरगंजमा उच्च रहेको वेला तस्करहरु भन्सार छली गरी वीरगंजका मुख्य व्यापारीहरुको गदीमा आलु प्याज पु¥याउने काम गरेका छन् । आलु प्याजको तस्करीमा साईकल र मोटर साईकलको सबै भन्दा बढी प्रयोग हुने गरेको देखिएको छ ।
सीमावर्ती भारतीय बजार रक्सौल लगायतका क्षेत्रबाट आलु प्याज ल्याउन दुई सयको हाराहारीमा साईकल तथा एक सयको हराहारीमा मोटर साईकल प्रयोग भइरहेको छ । साईकल मोटर साईकलमा भारतबाट आलु प्याज लिएर आउँने गरेका भरियाहरु वीरगंज बजारबाट नास्पाती,गोलभेडा,बन्दाकोभी लगायत तरकारीको तस्करी गरिरहेका छन् । नेपाल र भारतमा पछिल्लो समय नास्पातीको मुल्यमा ३० रुपैयादेखि ५० रुपैया सम्म फरक रहेको कारण यताबाट भारी मात्रामा नास्पाती भारत तस्करी भइरहेको छ । वीरगंजमा अहिले प्रतिकिलो रु ६० मा नासपाती पाइरहेको छ भने भारत सो नासपाती पुगेपछि भारु ५० मा बेचिन्छ । तस्करीको प्याज अहिले वीरगंजमा प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ भने उक्त प्याज रक्सौलबाट तस्करहरु भारु ३५ रुपैयामा किनेर तस्करी गर्ने गरेको स्रोतको भनाई छ ।

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर