वीरगंज
बारा,सिमरास्थित हुलास स्टिलका एक जना मजदुरका उपचारको क्रममा वीरगंज,गण्डकमा रहेको स्पर्श हस्पिटलमा मृत्यु भएको छ । बुधवार मध्यान्ह साढे १२ बजे उपचारको क्रममा वीरगंज–१४ ठुलो पिपरा बस्ने वर्ष ४६ का वीरेन्द्रराउत कुर्मीको मृत्यु भएको हो । उनी हुलास स्टिलमा विगत लामो समयदेखि स्थायी मजदुरमा चालक पदमा कार्यरत थिए । आज विहान विहान ६ बजे डियुटीमा हाइड्राबाट फलामको क्वाइल ओसारपसार गर्दा हाइड्राको हुक भाचिएर उनको जीउमा खस्दा उनी गम्भीर घाइते भएका थिए ।
ढाड र बायाँ हातमा गम्भीर चोट लागेको कुर्मीलाई सिमराको एक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि ९ बजेको समयमा स्पर्श हस्पिटलमा ल्याइएको थियो । उनलाई आकास्मिक कक्षमा प्रारम्भिक उपचार गरी अवस्था विग्रिदै गएपछि आईसियू र भेन्टिलेटरमा समेत राखेर उपचार गर्दा बचाउन सकिएन् । उनको मुटु वरपर रगत जमेर मृत्यु भएको अस्पतालका चिकित्सक डा. राहुल चौरसियाले बताए ।
यता,परिवारजनले कुर्मीको उपचारमा चिकित्सकले लापारवाही गर्दा उनको ज्यान गएको आरोप लगाएका छन् । मृत्तकका छोरा विक्रम पटेलले स्पर्श हस्पिटलमा प्रभावकारी सेवा नभएको तर उद्योगको उपचार सेवाको लागि अस्पतालसंग सम्झौता भएकोले उद्योगका पदाधिकारीले सोही अस्पतालमा ल्याए पछि सही समयमा सही उपचार नपाएर बुवाको मृत्यु भएको आरोप लगाए ।
बुवाको अवस्थ विग्रिदा अन्त रेफर गराएर लैजान खोज्दा समेत अस्पतालका चिकित्सकले सोही अस्पतालमा ठिक हुने भनी रोकेर उपचार गर्दा उनको ज्यान गएको परिवारको भनाई छ । कुर्मीको मध्यान्ह मृत्यु भएपछि परिवारजन तथा आफन्तजन आक्रोशित बन्दै अस्पताल घेराउ गरेका थिए । पछि जिल्ला प्रहरी कार्यालय पर्साले बाक्लो सख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । अस्पतालमा टोडफोड र सुरक्षा व्यवस्था कामय राख्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक गिरीले जनाए । घटनापछि पीडित,अस्पताल र उद्योग व्यवस्थापन पक्ष वीच वार्ता गरी सहमति भएको छ । मृतकको परिवारका एक सदस्यलाई २ वर्ष भित्र उद्योगमा स्थायी जागिरको प्रबन्ध मिलाउने,उचित क्षति पूर्ती दिइने र पोस्टमार्टम गरी शवको अन्त्यष्टि गर्ने सहमति भएको वीरगंज महानगर वडा नं १४ का वडा अध्यक्ष महबुब एलाही अन्सारीले जनाए ।
हुलासको मजदुरको स्पर्शमा मृत्यु,उपचारमा लापारवाहीको आरोप
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box