spot_img

भारतबाट रु १०० को समान ल्याउँदा भन्सार तिर्ने नियम हटाउनु पर्छ –सांसद यादव

वीरगंज
जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले यस्तो बताएका हुन् । उनले भने,‘ यो नियमले नाकामा प्रहरी र नागरिक बिच सधै झगडा भइरहेको छ ।किनकि सीमा क्षेत्रका नागरिकले भान्सा खर्चका लागि पारीको बजारबाट दाल , तेल , मसला ल्याँउदा भन्सार नाकामा प्रहरीले दुख दिने गरिरहेका छन् । जुन एकदमै अव्यवहारिक छ ।त्यसका कारण सरकारले यो निर्णय तत्काल सच्याउनुपर्छ ।

नेपाल र भारत बिचको सीमा नाका व्यवपारिक मार्ग नभई दुई देशबिच रोटी बेटीको , पारिवारिक र घरायसी सम्बन्धपनि रहेकाले सरकारले लगाएको यो नियम तत्काल सच्याउनु पर्ने माग उनले गरे । हवाई मार्ग भएर आउनेहरूका लागि २ वा ३ लाखको मोबाइल र ल्यापटमा समेत कर नलगाउने तर स्थलमार्गबाट १ सयभन्दा बढी मूल्यको सामानमा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको उनको भनाइ छ । सांसद यादवले हवाई मार्गभन्दा स्थल मार्गको नाका कडाइ गरिएको भन्दै यसलाई व्यवहारिक रुपमा परिमार्जन गर्नुपर्ने बताए । ’हवाईमार्ग भएर आउने नेपालीले २ लाख, ३ लाखको मोबाइल सहजै ल्याउन सक्छन् । तर स्थलमार्गबाट १ सयभन्दा महंगो सामान ल्याउँदा कर लगाइन्छ । किन यस्तो विभेद् ? यसले सीमा क्षेत्रम समस्या निम्त्याएको छ,’ सांसद यादवले भने ।

भन्सारमा आयात कडाइ गरिँदा स्थानीय स्तरमा झगडा लगायत समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो । साथै सीमा क्षेत्रका बासिन्दालाई हरेक दिन सीमापार गरी भारत आउजाउ गरिरहनुपर्ने भएको स्मरण गराउँदै उनले सीमा कडाइको सवालमा व्यवहारिक बन्नुपर्ने बताए । यसैबीच वीरगन्जको नारायणी अस्पताल सहित मधेसका अस्पतालहरूमा डेंगीका बिरामीले शैया भरिएको अवस्था रहेको भन्दै उनले अस्पतालमा शैया बढाउन पहल गर्नुपर्नेपनि सांसद यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...
spot_img