साढे तीन बिघा जग्गाको आसमा चैनपुरका चार परिवार

पढ्न छुटाउनुभयो ?

वीरगंज ६ भदौ । पर्सागढी नगरपालिका–६ र ७ बागेश्वरी चैनपुरमा बसोबास गर्ने चार परिवारको अहिले बिल्लबाठ लागेको छ । आठ वर्षअगाडि विश्वासको भरमा जग्गा पास गरेर आर्थिक लेनदेन गर्दा सो परिवार अहिले सडकमा आएका बुझिएको छ ।

गाउँकै धनञ्जय साह तेलीले रु १५ लाख ऋण दिएर चारजनाको करीब तीन बिघा ११ कट्ठा जग्गा आप्mना नातेदार बहुदरमाई नगरपालिका–४ डोकैलाका आनन्दकुमार साहको नाममा रजिस्टे«शन पास गराएका थिए । पछि ऋण र ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने शर्तमा विश्वासको भरमा पीडितहरूले ती जग्गा पास गरेका थिए ।

नेपाल सरकारले मिटरब्याजी सम्बन्धी विधेयक पारित गरेपछि अहिले सो लेनदेन चर्चाको विषय बनेको छ । गत असार १४ गते सो घटनामा अनुचित लेनदेन भएको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा चारैजना पीडितले छुट्टाछुट्टै निवेदन दिएका थिए । आपूmहरूसँग अन्याय भएको र उचित लेनदेन गराएर जग्गा फिर्ता गराइदिन भन्दै चैनपुरका चार परिवारले प्रशासनमा उजूरी गरेकामा जग्गा आफ्नो नाममा पास गराएका आनन्दकुमार साहले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दर्ता गरेको र सो मुद्दामा परमादेश जारी भइसकेको छ । पीडितहरूले गाउँकै पञ्चायतीबाट न्यायको लागि मङ्गलवार गुहार गरेका छन् ।

चारजना पीडितमा पर्सागढी नपा–७ बस्ने सुभी महरा चमार, नवलकिशोरप्रसाद यादव, गम्भीरा साह तेली र वडा नं ६ बस्ने नयना देवी रहेका छन् । सुभीले पर्सागढी–६ को १५ कट्ठा जग्गा दुई लाख ४० हजार, नवलकिशोरले वडा नं ७ मा पर्ने आठ कट्ठा जग्गा तीन लाख ७५ हजार, गम्भीराले वडा नं ६ को २४ कट्ठा जग्गा छ लाख र नयना देवीले वडा नं ६ को २४ कट्ठा जग्गा चार लाख रुपैयाँ ऋण लिएबापत पास गरेका बताएका छन् ।

पछि लेनदेन फछ्र्योट गरी जग्गा फिर्ता पाउने विश्वासको भरमा जग्गा पास गरे तापनि अहिले जग्गाको मोल बढेकोले साहुले जग्गा फिर्ता गर्न हिचकिचाइरहेको पीडितहरूले बताए ।

पर्सागढी नपा–७ का अध्यक्ष्F शङ्कर रायभरले जग्गा खरीद–बिक्री नभएको र विश्वासको भरमा अमानतको रूपमा जग्गा पास गरेर लेनदेन भएकाले उचित ब्याजसहितको साँवा फिर्ता गरेर जग्गा फिर्ता गर्दा गाउँसमाजको नैतिकता जोगिने बताए ।

त्यसैगरी, वडा नं ६ का पूर्ववडाध्यक्ष किशोरीप्रसाद यादवले साहु आनन्दले चारैजना ऋणीको आठ वर्षको साँवा र ब्याजको हिसाब गरी पीडितहरूको जग्गा एकैचोटि फिर्ता गर्ने बताए तापनि पीडित चारजनाले रकमको व्यवस्था गर्न नसक्दा समस्या भएको बताए ।

तीन वर्षअगाडि पनि गाउँमा पञ्चायती भएर हिसाबकिताब फछ्र्योट गर्दा पनि ऋणीहरूले समयमा रकम नदिंदा उक्त जग्गा फिर्ता नभएको जानकारी पाएको वडा नं ६ का अध्यक्ष्F नवलकिशोरप्रसाद कलवारले बताए । उनले जग्गा पास गरेर आर्थिक लेनदेन गरेर पीडितहरूले आफ्नो हात आफैं काटेकाले केही उपाय नलागेको बताए । “आफैंले सहीछाप गरेर जग्गा पास गरिदिएपछि कसको के लाग्छ ? यो त जग्गा फिर्ता गर्ने मानिसमा निहित छ,” उनले भने, “प्रशासन र न्यायालयमा मुद्दा परेको छ । के आदेश आउँछ, हेर्न बाँकी छ ।”

चैनपुरकै अगुवा काशीप्रसाद यादवले गाउँको समस्या गाउँमा मिलापत्र गरे राम्रFे हुने सुझाव दिंदै उनले गरीबहरूको अवस्थालाई मध्यनजर गर्दै आप्mनो वास्तविक साँवा र ब्याज लिएर जग्गा फिर्ता गर्न साहु तेलीसँग आग्रह गरे ।

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर