spot_img

रु ४९ अर्बको स्पन्ज आइरन आयात, बिलेट घट्यो

वीरगंज, ४ भदौ । वीरगंजको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय नाकाबाट गत आवमा स्पन्ज आइरनको आयातमा भारी वृद्धि भएको छ । भन्सार शुल्क घटाइएपछि बन्दरगाह भन्सार नाकाबाट स्पन्ज आइरनको आयात बढेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा स्पन्जको आयात डेढ गुणाले बढेको छ । छड बनाउने प्रमुख कच्चा पदार्थको रूपमा चिनिने स्पन्ज आइरन राजस्वमा योगदान दिने ड्राइपोर्ट भन्सारको उत्कृष्ट १० वस्तुमध्ये एक नम्बरमा रहेको भन्सार कार्यालयले जनाएको छ । स्पन्ज आइरनले मात्र गत आवमा श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई रु तीन अर्ब १४ करोड २२ लाख ५१ हजार ८४२ राजस्व सङ्कलन भएको छ ।
बन्दरगाह भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा यो नाका हुँदै रु ४९ अर्ब २२ करोड ६१ लाख २४ हजार तीन बराबरको ७९ करोड ९२ लाख किलो स्पन्ज आइरन आयात भएको हो । जबकि अघिल्लो आवमा यो नाका हँुदै रु २९ अर्ब ९५ करोड २९ लाख बराबरको ५१ करोड ९९ लाख किलो स्पन्ज आइरन आयात भएको थियो ।
स्पन्ज आइरनको आयात बढ्दा छड उद्योगले प्रयोग गर्ने अन्य कच्चा पदार्थ आइरन बिलेट, फलामका पाता, फलामका मोटा तारको आयात भने घटेका छन् । अघिल्लो आवमा यो नाका हुँदै रु १९ अर्ब १३ करोड बराबरको २५ करोड ४५ लाख किलो आइरन बिलेट आयात भएको थियो भने गत आवमा भने रु १६ अर्ब १६ करोड बराबरको २० करोड ५८ लाख किलो आइरन बिलेट आयात भएको थियो ।
त्यसैगरी, अघिल्लो आवमा रु २३ अर्ब ९७ करोड बराबरको २२ करोड ४० लाख किलो फलामका पाता आयात भएकोमा गत आवमा रु १३ अर्ब २६ करोड बराबरको १४ करोड ८६ लाख किलो फलामका पाता आयात भएको थियो ।
यसैगरी, अघिल्लो आवमा रु ९ अर्ब ३७ करोड बराबरको ११ करोड ७७ लाख किलो फलामका मोटा तार आयात भएकामा गत आवमा रु पाँच अर्ब २४ करोड बराबरको छ करोड २० लाख किलो यस्तो तार आयात भएको थियो ।
बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीका अनुसार गत आवमा प्रतिस्थापन विधेयक ल्याएर स्पन्ज आइरनमा लाग्ने भन्सार महसूल र अन्तःशुल्क हटाइएपछि यसको आयात बढेको हो । “विगतमा १० प्रतिशतसम्म भन्सार शुल्क रहेकोमा गत वर्ष भन्सार शुल्क घटाएर शुरूमा पाँ र त्यसपछि एक प्रतिशतमा झारिएको छ, हाल स्पन्ज आइरन आयात गर्दा एक प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूअकर मात्र लाग्छ,” उनले भने, “ससाना टुक्रामा हुने यो आइरनलाई गलFएर छड बनाइन्छ, जसले गदर्F अन्य कच्चा पदार्थको तुलनामा यसको प्रयोगले उद्योगमा ऊर्जाको खपत कम हुन्छ ।”
विगतमा जगदम्बा स्टीलले मात्र आयात गर्ने स्पन्ज आइरन अब भने अन्य उद्योगले पनि आयात गर्न थालेपछि यसको आयात बढ्न गएको उनले बताए । यो नाकाबाट छड तथा जस्तापाता उद्योगका कच्चा पदार्थ आयात गर्ने मुख्य आयातकर्ताहरूमा जगदम्बा स्टील, पञ्चकन्या, हामा आइरन उद्योगलगायत छन् । उनीहरूले भारतबाट यस्ता कच्चा पदार्थ आयात गर्ने गरेका छन् । पर्सा, बारा औद्योगिक कोरिडोरदेखि हेटौंडासम्मका छड तथा जस्तापाता उद्योगले सुक्खा बन्दरगाह नाका हुँदै आफ्नो उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयात गर्छन् । रेलबाट यस्ता कच्चा पदार्थ आयात गर्दा ढुवानी खर्च सस्तो पर्ने भएकोले व्यवसायीले यो नाका रुचाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...
spot_img