वीरगंज
नेपाल आयल निगम लिमिटेडले वीरगंजबाट पेट्रोलियम पदार्थको बिक्री वितरण कार्य पुनः सञ्चालनमा ल्याएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका वीच विलिङ सेवा शुभारम्भ गरे । सो अवसरमा मन्त्री रिजालले अब नेपाल आयल निगम लिमिटेडको वीरगंज शाखाबाट अढाई वर्ष पहिलेदेखि बन्द भएको सेवा पुनः शुभारम्भ भएकोमा खुशी व्यक्त गरे । वीरगंज आसपासका पेट्रोलियम विक्रेताले वीरगंजबाट सेवा लिन सहज भएको उनले बताए । हाल डिजेल र मट्टि तेललगायतको खरिद गर्न सकिन्छ । यसअघि पर्सा–बाराका पेट्रोलियम व्यवसायीले बाराको अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थको खरिदको लागि बिलिङ गर्नू पर्ने बाध्यता थियो । २०७७ माघ दोस्रो सातादेखि अमलेखगंजमा बिलिङ गर्नू पर्ने व्यवस्था लागु भएपछि यस भेगका व्यवसायीहरु मर्कामा परेको वीरगंज पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष विनोद चौरसियाले बताए । उनले अब डिजेल र पेट्रोल पर्सा–बारामा पहिलेको भन्दा ७५ पैसा कममा बिक्री वितरण हुने बताए । नेपाली कांग्रेस पर्साका सभापति तथा मधेश प्रदेशका प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीले नेपाल आयल निगम लिमिटेडद्वारा वीरगंज शाखाबाट विलिङ गर्ने कार्य शुरु भएको प्रशंसा गरे । यसले यस भेगका व्यवसायीलाई छिटो छरितो सुबिधा लिन सक्ने बताए । कार्यक्रममा आपुर्ती मन्त्रालयकी सहसचिव राधिका अर्याल,नेपाल आयाल निगम लिमिटेडका महाप्रबन्धक उमेश थानी,उपमहाप्रबन्धक द्वय वीरेन्द्र गोइत र नागेन्द्र साह,अमलेखगंज डिपो प्रमुख वीणितमणी उपाध्याय,नेपाल आयाल निगम वीरगंज शाखा प्रमुख मनोज साह,पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दास,नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्व अर्यालयलगायतको थियो ।
वीरगंजबाटै डिजेलको बिलिङ शुरु,लिटरमा ७५ पैसा सस्तो पर्ने
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box