spot_img

spot_img

भारतीय धर्म गुरु धीरेन्द्र शास्त्रीको शाश्वतधाममा कथा शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन शुरु भएको छ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी समुहले जनाएको छ । बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान साढे ८ बजे काठमाडौँबाट भरतपुर विमानस्थल हुँदै दुम्कौलीस्थित शास्वतधाममा आएको चौधरी समुहका प्रबन्धक रामचन्द्र धितालले बताए । ‘शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म कथा वाचन हुनेछ,’उनले भने, ‘हनुमान कथा प्रवचनका लागि अवश्यका सम्पूर्ण तयारी पूरा भएको छ ।’ तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताए ।
शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ । शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
उद्योगपति एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी समुहले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलो पटक नेपाल आएका हुन् । शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रूपमा चर्चित छ । शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आकर्षक शैलीको हिन्दू मन्दिर हो । यहाँ संस्कृत गुरुकुलसमेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ । आगामी सोमबार शास्त्री चितवनको मेघौलीस्थित होटेल ताज सेराइमा रहने र भोलिपल्ट काठमाडौँ हुँदै सोही दिन राति दिल्ली जाने कार्यक्रम तय भएको धितालले बताए ।

Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर