पर्साका सशस्त्र एसपी सुमन थपलियाको हृदयघातबाट मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज पर्साको वीरगंजस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । एसपी थपलियाको शनिवार दिउँसो १२:३० बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हो । वीरगंजस्थित नेपाल मेडीसिटी वयोधा अस्पताल गण्डकमा थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल विक्रम शाहले पुष्टि गरे । २०६० सालदेखि सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थपलिया काठमाडौं -१० टोखाका स्थायी बासिन्दा हुन् ।समाज शास्त्र र सैनिक विज्ञानमा उनी स्तानकोत्तर गरेका थिए । उनी दुई पल्ट यूएन मिशनमा समेत गएको एक सशस्त्र उच्च अधिकृत थिए । उनको शव अहिले वयोधा अस्पतालमै राखिएको छ ।सशस्त्रका महानिरीक्षक वीरगंज आउन लागेको जनाइएको छ ।
Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर