spot_img
spot_img

बागेश्वर धाम सरकार आज नेपाल आउँदै, आजै प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

पढ्न छुटाउनुभयो ?

काठमाडौं, साउन ३२ । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) आज नेपाल आउँदैछन् ।
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आउन लागेका हुन् ।
दिल्लीबाट आज काठमाण्डौं आउदै गरेका बागेश्वर बाबाले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै पशुपतिनाथको दर्शन गरेर उनी शुक्रबार तीन दिने प्रवचनका लागि शाश्वत धाम नवलपुर पुग्ने कार्यक्रम रहेको छ ।
बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।
सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौँ, ७ वैशाखः मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको...
- Advertisement -spot_img

सम्बन्धित खबर