वीरगञ्ज । पर्सा क्रिकेट सङ्घको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन भएका छन् ।
बुधवार सम्पन्न सङ्घको सातौँ जिल्ला अधिवेशनले सिंहको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा मुर्तुजा हवारी, सचिवमा घनश्यामबाबु गुप्ता र कोषाध्यक्षमा जयप्रकाश सर्राफ चयन भएका छन् । यस्तै सदस्यमा निवर्तमान अध्यक्ष महम्मद दाउद अन्सारी, हिरालाल राउत, मुसर्रफ इजहार, बासुदेव लाल कर्ण, बाबुजान अन्सारी, कलामुदिन अन्सारी, नारायण पटेल, नासिर खान, नेहाल अहमद र राजिव श्रेष्ठ पनि सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत राकेश मल्लिकले जानकारी दिए ।
यसअघि बुधवार नै बिहान सम्पन्न सङ्घको सातौँ साधारण सभा तथा जिल्ला अधिवेशनको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले पर्सा जिल्लामा क्रिकेट खेलको विकासका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विश्व भरिनै अहिले क्रिकेट खेलको लोकप्रियता बढ्दै गएको परिप्रेक्ष्य वीरगञ्जले पनि क्रिकेटको क्षेत्रमा अझ धेरै फड्को मार्नुपर्नेमा उनले जोड दिए ।
अधिवेशनको उद्घाटन समारोहमा बारा क्रिकेट सङ्घका अध्यक्ष प्रभात चौरसिया, सचिव अनिल चौगाई, केन्द्रीय पर्यवेक्षक माधव कर्माचार्यलगायतको पनि सहभागिता थियो ।

Facebook Comments Box