spot_img

spot_img

वीरगंजमा २२ नं ब्रोकर सिप्रवीले थाल्यो कारोबार

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंजमा शेयर ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटी प्रालि आजदेखि कारोबार शुरु गरेको छ । वीरगंज आदर्शनगरको पुरानो रुंगटा भवनको पहिलो तल्लामा शाखा सञ्चालनमा ल्याई कारोबार शुरु गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ मधेशप्रदेशका अध्यक्ष अशोक टेमानीले शाखाको उद्घाटन गरेका हुन् । उनले शाखा उद्घाटन गर्दै भने,‘ सिप्रवीको शाखा वीरगंजमा खुल्नु लगानीकर्ताका लागि खुशीको कुरा भएको र वीरगंजमा पनि शेयर ब्रोकरको सेवामा प्रतिस्पर्धा थपिदै गएको अवगत गराए । जति प्रतिस्पर्धा बढछ,उतिकै राम्रो सेवा पाइन्छ,उनले भने ।
२५ वर्ष पुरानो ब्रोकर कम्पनी भएतापनि काठमाडौं पुलचोक बाहेक उपत्यकामा पहिलो शाखाको रुपमा वीरगंजमा शाखा सञ्चालनमा ल्याइएको सिप्रवीका जेनरल म्यानेजर जयन्त श्रीवास्तवले जनाए ।
६० हजार भन्दा बढी लगानीकर्ता रहेको सिप्रवीले मधेशप्रदेशमा पछिल्लो समय बढिरहेको शेयरलाई लक्षित गर्दै वीरगंजमा शाखा सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका सञ्चालकहरु वीरगंजकै भएकोले मधेशप्रदेश एवं वीरगंजका युवा लगानीकर्तालाई शेयर बजार सम्बन्धी शिक्षित गर्दै शेयर बजार तर्फ आकर्षित गर्ने अभिप्रायले शाखा सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक सतिश श्रेष्ठले बताए । यस कम्पनीको शाखामा कारोबार गर्ने खाता खोलेको अधारमा मेलमा शेयर बजार सम्बन्धी शैक्षिक सामाग्रीको पिडिएफ मेलमा पठाउने  गर्छ ।
शेयर बजारमा लगानी एवं कारोबार गर्न हौसियाउनको लागि अन्य थप रणनीति बनाएर कम्पनीले पछिल्लो समय अघि बढेको जनाएको छ । वीरगंजमा अब ब्रोकर नं २२ सिप्रवीसंगै ,१६ नं प्राइमो,५८ नं नाशा,५५ नं भृकुटी गरी कुल ४ वटा ब्रोकरको शाखा सञ्चालन हुनेछन् ।

Facebook Comments Box

ताजा खबर

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, २९ पुस : आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा...
- Advertisement -spot_img

सम्बन्धित खबर